रीमा विश्वकर्माले मनोजलाई श्रीमान भनेपछि

  पत्रपत्रिका खबर  1601 पटक हेरिएको

कमेडी च्याम्पियनको १० औँ एपिसोडमा होस्ट रीमा विश्वकर्माले जज मनोज गजुरेललाई श्रीमान भनेपछि कार्यक्रममा हाँसो छायो। मनोज पनि डिभोर्सी, रीमा पनि डिभोर्सी। आज बिहीबार प्रकाशित भएको शुक्रबार साप्ताहिकका अनुसार श्रीमान भने लगत्तै रीमाको दिमागमा के आयो कुन्नी, उनले श्रीमान कस्तो भन्दाभन्दै आफैँ हाँस्न थालिन्।

मनोजले आफूले अपेक्षा नै नगरेको कुरा आएको भन्दै भने, ‘मलाई के था, रीमाको मन पग्लिन्छ भनेर।’मनोज भनै हौसिन थाले। उनको बोली यत्तिमा नै अडिन सकेन। रीमाले पनि आफूले बोलेको कुरा सम्झिएर हाँसो रोक्न सकिनन्।

एक सय ३५ किलोवाट लघुजलविद्युत आयोजना दुइ महिनादेखि बन्द
गुल्मीको मुसिकोट नगरपालिका सात वामिटक्सारमा सञ्चालित एक सय ३५ किलोवाट क्षमताको लघुजलविद्युत आयोजना बन्द भएको छ । परोपकार बहुउद्देश्यीय सहकारी संस्था गुल्मीद्वारा सञ्चालित दरमखोला लघुजलविद्युत आयोजनाको नहर भत्किएपछि झण्डै दुइ महिनादेखि विद्युत उत्पादन बन्द भएको हो ।

आयोजना बन्द हुदाँ करिब एक हजार चार सय घरधुरी प्रभावित भएका छन् । केही ठाउँमा केन्द्रीय विद्युत प्रशारण लाईन पुगेपनि केही ठाउँका उपभोक्ता भने अन्धकारमा बस्न बाध्य छन् । केन्द्रीय प्रशारण लाईन पनि कतिबेला आउने र कतिबेला नआउने गरेका कारण उपभोक्ता समस्यामा परेका छन् ।

बागलुङको बढीगाढ गाउँपालिकाको खर्वाङ बजार र गुल्मीको मुसिकोट नगरपालिका अन्तर्गत वामी बजारको बीचमा दरमखोलाबाट उत्पादित उक्त लघुजलविद्युत गुल्मीको साविकको वामिटक्सार, मुसिकोट, पौदिअमराइ, अर्लाङकोट लगायतका साविकका गाउँ विकास समितिका करिब एक हजार चार सय घरधुरीले उपभोग गर्दै आईरहेका छन् । विद्युत सञ्चालनका लागि अहिले नहर मर्मतको काम चलिरहेको र मर्मत गर्न अफ्ठ्यारो ठाउँमा भएकाले अझै १५ दिनभन्दा बढी लाग्ने सहकारिका अध्यक्ष प्रकाश काफ्लेले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार