भारी हिमपातले पोरखे लेकमा बाटो बन्द

  मुलधारपोष्ट  598 पटक हेरिएको

बाजुरा । जिल्लाको पोरखे लेकमा परेको भारी हिमपात कै कारण बाजुरा जिल्लाको ‘क’ र ‘ख’ क्षेत्रको सम्बन्ध टुटेको छ । बाजुराको बडिमालिका र बूढीनन्दा नगरपाकिालको सिमाना पोरखे लेकमा बाक्लो हिउँ परेपछि आवतजावतमा समस्या भएको हो । मार्तडी कोल्टी सडक पूर्ण रुपमा बन्द भएको छ । भने आवत जावत पनि रोकिएको छ । चार पाँच फिट हिउँ जमेकाले हिँडडुलमा समस्या भएका बताईएको छ । मार्तडीबाट कोल्टीका लागि जाने सवारी साधन ढम्कनेमै रोकिएका छन् ।

कोल्टीबाट पनि आउने सवारी साधन पाण्डुसैनको लाग्नासम्म मात्र आउने गरेका छन् । बीचको पोरखे क्षेत्रमा सडक बाटो पूर्ण रुपमा बन्द भएको प्रहरीले बताएको छ । हिमपातका कारण ग्रामीण भेगका कच्ची सडकहरू हिलाम्मे भएकाले सडकमा यात्रा गर्न र गराउन समस्या भएको यातायात व्यवसायीले बताएका छन् । सदरमुकाम मार्तडीबाट जिल्लाको गौमुल र कोल्टीसम्मको सडकमा हिमपात बढी भएकोले जिप सुचारू हुन नसकेको प्रहरीको भनाई छ ।

सिँगो जिल्ला नै सञ्चारविहीन
शुक्रबार बिहानबाट बाजुरा सिँगो जिल्लानै सञ्चार विहीन बनेको छ । जिल्लाका नौ वटा स्थानीय तह मध्ये चार वटा स्थानीय तह रहेको कोल्टी क्षेत्रमा बिहिवारबाटै टेलिफोन तथा इन्टरनेट सेवा बन्द भएका हुन भने अन्य क्षेत्रमा शुक्रबार विहानबाट सेवा अवरुघ भएको हो ।
शुक्रबार बिहानदेखि जिल्लाको तल्लो क्षेत्रमा पनि फोन सेवा पूर्णरुपमा विच्छेद बनेको प्रहरीले बताएको छ । नेपाल टेलिकमले प्रवाह गरेका सबै सेवाहरु अवरुघ बनेका छन् ।

इन्टरनेट नहुँदा बैंक तथा सरकारी कार्यालय र स्थानीय तहका काम प्रभावित बनेका छन् । ‘कुनै विपत्ति आउँदा, घटना, दुर्घटना हुँदा प्रहरी प्रशासनमा खबर गर्न पनि समस्या हुने गरेको स्थानीयको गुनासो छ । घाम नलाग्दा टावरमा रहेको सोलार नचलेका कारणले फोन सेवा अबरोध भएको छ । त्यस्तै शुक्रवार देखी कैलालीको बुढितोलामा रहेको टावर बिग्रेका कारण शुदुरपश्चिम प्रदेशका पहाडि जिल्लामा नेपाल टेलिकमको फोन र नेट सेवा अबरोध भएको नेपाल टेलिकम बाजुराले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार