२७ बर्षिय क्रिकेटर केशव सिंहको निधन

  मुलधारपोष्ट  1598 पटक हेरिएको

डडेल्धुरा । जिल्लाको आलिताल गाउँपालिका वडा नं‌‌–६ का क्यान्सरपीडित क्रिकेटर केशव सिंहको निधन भएको छ। सिंहको २७ वर्षकै कलिलो उमेरमा गृह जिल्ला डडेल्धुरामा निधन भएको हो।

कैलालीको धनगढी स्थित बोराडाँडीमा आफ्नो दिदीको घरमा बस्दै आएका सिंह केही दिन अगाडि मात्रै पहाड घर डडेल्धुरा आएका थिए। त्यसअघि दिल्लीमा उपचारका लागि गएका उनलाई बचाउन समस्या भएको भन्दै घर फर्काइएकको परिवारको भनाइ छ ।

क्रिकेटर सिंहको कलेजो र फोक्सोको क्यान्सरबाट पीडित भएका थिए । उनको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या हुँदै आएको थियो। उनको भारतको राजधानी दिल्लीस्थित राजिब गान्धी अस्पतालमा लामो समय सम्म उपचार भएको थियो।

आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएपछि सुदूरपश्चिममा उनलाई बचाउन अभियानसमेत थालिएको थियो। उनले डडेल्धुराबाट विभिन्न समयमा क्षेत्रीय क्रिकेट प्रतियोगिता खेलेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार