बोलेरो दुर्घटना, एकको मृत्यु

  मूलधार सम्वादाता  353 पटक हेरिएको

उदयपुर-  उदयपुरको रौतामाई गाँउपालिका– ४ मा बोलेरो दुर्घटना हुदाँ मंगलवार घटनास्थलमा नै एक जनाको मृत्यु भएको छ भने चार जना गम्भिर घाईते भएका छन । रौतामाई गाँउपालिका– ४ सल्लेबाट सुन्तला बोकेर गाईघाट आउँदै गरेको स १ च १२२८ नम्बरको बोलेरो गाईघाट–सल्ले सडकको जितेनी पाखामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

बोलेरो अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ भने घटनास्थलमा नै त्रियुगा नगरपालिका– १० बोक्सेका करिब ५० वर्षिय कमलबहादुर मगरको मृत्यु भएको जनाएका छन् । मगर रौतामाई गाउँपालिका–४ सल्ले हुलाक कार्यालयमा कार्यरत कर्मचारी हुन ।

सो दुर्घटनामा बोलेरो चालक रौतामाई गाँउपालिका– ४ सल्लेका ३५ वर्षिय रत्नबहादुर राई, रौतामाई गाँउपालिका– ४ भदौरेका ४५ वर्षिय भक्तबहादुर मगराती सार्की, रौतामाई गाँउपालिका– ४ निगालेका ४० वर्षिय निर्मला राई गम्भिर घाईते रहेको छन् भने रौतामाई गाँउपालिका– ४ सल्लेका १५ वर्षिय सन्देश राई सामान्य घाईते रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सन्देश राई भने गाडीबाट हाम्मफाल्न सफल भएकाले उनको अवस्था सामान्य रहेको जनाएका छन् । मृतक मगरको सब घटना स्थलमा नै रहेको छ भने घाईतेहरुलाई उद्धार गरि जिल्ला अस्पताल गाईघाटमा प्रारम्भिक उपचार गरि थप उपचारका लागि बिराटनगर र धरान लगिएको छ । बोलेरोमा ५ जना सवारी रहेको प्रहरीले जनाए । घटना स्थल गाईघाटबाट करिब ६५ किलोमिटर उत्तरमा पर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार