बाल संरक्षण समितिको मासिक समिक्षा तथा रणनीति निर्माण बैठक सम्पन्न

  मूलधारपोष्ट  89 पटक हेरिएको

बाजुरा । जिल्लाको बुढीगंगा नगरपालिकामा बाल संरक्षण समितिको मासिक कार्यक्रम समिक्षा तथा रणनीति निर्माण बैठक सम्पन्न भएको छ । गुड नेवर्स इन्टरनेशनल नेपाल र पीसविन बाजुराकाको सहजिकरणमा सञ्चालन भएको कार्यक्रमममा बुढीगंगा नगरपालिका नगरप्रमुख दिपकविक्रम शाहको अध्यक्षतामा बाल संरक्षण समितिको मासिक कार्यक्रम समिक्षा तथा रणनीति निर्माण बैठक बसेको हो ।

बैठकमा बुढीगंगा नगरपालिकाले जारी गरेको बाल विवाह अन्त्यका लागि स्थानीय रणनीति २०७६ अनुसार बुढीगंगा नगरपालिकालाई बि.सं. २०८० सम्ममा बाल बिवाह मुक्त नगर घोषणा गर्न भई रहेका कार्यक्रमहरुको समिक्षा भएको थियो भने नगरपालिकामा बाल बिवाहको हालको अवस्था, कारण र बालविवाह न्यूनीकरणमा देखा परेका समस्या र त्यसका समाधानका विषयमा बृहद छलफल भएको बताएको छ ।

उक्त बैठकमा नगरपालिकाले सरोकारवालाहरुलाई बालबिवाह न्यूनीकरणका लागि समन्वय तथा सहजीकरण गरी अगुवाई गर्ने, बालबिवाह अन्त्यका लागि स्थानीय रणनीति २०७६ स्थानीय सवै निकायमा पु¥याउने, समुदाय स्तरमा विभिन्न निगरानी समूह गठन गर्ने, नगरपालिकाको लेटर प्याडमा बालविवाह अन्त्यका लागि नारा उल्लेख गर्ने लगायतका निर्णयहरु भएको हो ।

बालविवाह अन्त्यका लागि स्थानीय निकाय, बाल संरक्षण समिति, किशोरी समूह, बालक्लव, विभिन्न संघसंस्था लगायत सम्पूर्ण निकायले महत्वपूर्ण भुमिका निर्वाह गर्न र बुढीगंगा नगरपालिकालाई वि.सं. २०८० सम्ममा बाल विवाह मुक्त नगर घोषणा गर्नमा नगरप्रमुख शाहले सबैलाई आ–आºनो क्षेत्रबाट साथ सहयोग गर्न अनुरोध समेत गर्नुभएको थियो । नगरपालिकाको तालिम हलमा सञ्चालन भएको बुढीगंगा नगरपालिकाका भित्रका बाल संरक्षण समिति, वडाध्यक्ष, विद्यालयका प्र.अ. बाल क्लव, किशोरी समुहका प्रतिनिधिहरु गरी ५५ जनाको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार