युवा पुस्ताको बैचारिक बिचार र राजनीतिक

  प्रदिप राई " अभी  513 पटक हेरिएको

म सानै देखि राजनीतिको बिषयमा सुन्न रुचाउने । राजनीतिको कुरा गर्ने साथिहरुको पछि लागेर खुब सुन्थे । एक जना मेरो अति मिल्ने साथी मध्यको साथी सुर्य बहादुर राई , युवाहरुको साहासिक लोकप्रिय नेतृत्व प्रभावसालि युवा नेता अहिले सुभम फाउन्डेसनका निर्देशक हुनुहुन्छ । उहाँ निस्वार्थ भावनाले सधैं देश र जनताको लागि कृषि तथा शिक्षा प्रणाली परिबर्तनमा लागिरहनु भएको छ । उहाँको बिचार शिक्षा प्रणालीमा ब्याबहारिक प्राबिधिक , आत्मनिर्भर शिक्षा हुनु पर्छ भन्ने बिषयामा जोड दिनु हुन्छ । वास्तवमै भन्ने हो भने यदि देशमा उहाँ जस्तो युवा अझै दुई चार जना हुने हो भने देशमा समृद्धी आउन एक दसक कुर्नु पर्ने थिएन । अनि दिनेश कार्की , बाबुराम कार्की , अन्य थुप्रै साथीहरु थियो ।

अपबाद तर कति पय साथी राजनीति मनपराउँदैनन् । जब राजनीतिको कुरा आउँछ, उनीहरू नाक खुम्च्याएर भन्न थाल्छन्, यो फोहोरी खेल हो, स्वार्थी व्यापार हो, अनि पथभ्रष्ट र भ्रष्टाचारको अखडा । राजनीति गर्नेहरू छेपाराझैं रङ्ग फेर्न सिपालु हुन्छन् । राजनीतिकले स्वार्थी बनाउछ कुरा फेर्न सिपालु, ढाँट्न सिपालु, चाकडी र चाप्लुसी गर्न र गराउन सिपालु, नैतिकता, चरित्र र देश बेच्न सिपालु, दंगा फैलाउन सिपालु, लुट्न, त्रास फैलाउन र ज्यानै निमोठ्नसमेत सिपालु आदि-आदि अनेकौं आरोपै आरोपको सगरमाथा ठड्याउँछन् ।केही थोरै साथीमात्र राजनीतिमा रुचि भएको मैले पाएको छु ।

आज बिबस्ता र बाध्यताको जन्जिर भित्र रहेर प्रवासमा रहेर अग्रेजी नया बर्ष २०२० को शुभकामना आदान-प्रदान कार्यक्रममा एकजना अर्थशास्त्रका विद्यार्थी नेताले आफूलाई भविष्यको अर्थमन्त्रीको रूपमा परिचय गराउन तल्लिन देखिन्छ । म उनको मिल्ने साथी मध्यको एक भएको नाताले उनको मनोकांक्षा पूरा होस् भनी शुभकामना दिएँ । तर भित्री मनले भने उनको यो स्वार्थी र घमण्डीपना ठीक मानेन । यसैबेला मैले एकजना मेरा कानुनका साथीलाई सम्झिएँ । उनी छात्रवृत्ति पाएर अस्टे्लिया पढ्न गएको थिए ।

आर आर कलेजको क्यान्टिनमा चिया पिइरहेको बेला उनले भनेका थिए, दुई-चार वर्षराजनीति गरिएकै छ । अब जति वर्षपछाडि आए पनि मलाई मेरो पार्टी चिन्दैन भन्ने पीर छैन । नेपालमा पढेका नेताको कमी छ । म त्यो कमी पूरा गर्ने सोचमा छु । निकै ढाडसको साथ उनले यति भनिरहँदा भविष्यमा कानुनमन्त्री बन्ने उनको स्वार्थ प्रस्ट झल्किन्थ्यो । त्यस्तै करिब आठ वर्षघि स्ववियु चुनावमा एक कलेजबाट नेविसंघको अध्यक्षमा जितेपछि युवा नेतृले संवाददाताको खुल्दुली शान्त पार्दै भनेकी थिइन्, भविष्यमा अर्थमन्त्रीचाहिँ जरुर हुनेछु । भन्ने आसय भाषन बाट बुझिन्थ्यो उनी अर्थशास्त्रकी विद्यार्थी हुन् ।

यदि अर्थ गलत नलगाउने हो भने यो भनाईले के देखाउछ भने जो युवा राजनीतिमा होमिएका छन्, तीमध्ये ७५% भोलिका ती चिल्ला गाडी, सेवासुविधा, सामाजिक इज्जत (पैसा र शक्ति प्राप्तिपछि जन्मिने) प्रतिष्ठामा लोभिएको सजिलै महसुस गर्न सकिन्छ । यो नेपाली राजनितिले भित्र्याएको कु सस्कार हो भन्दा फरक नपर्ला । किन कि हिजो जनयुद्धमा होमिएको कमनिष्ट माक्स वाद लेलिन वाद ,प्रचण्ड वादको अहिलेको गतिविधि र कार्य सैलिले स्पस्ट गर्दैछ ।

युवा स्वारोगरको नारा लदाउदै लाखौ युवाहरु रेमिटेन्सको लागि खाडिमा बेच्नु , गरिब किसानले उत्पादन गरेको बस्तुमा कर लाद्नु, तर सरकारले अरबौको बिलासिताको बस्तु हेलिकप्टर , गाडी खरिद गर्नु उधोगमा बिजुलीको बिल तिर्नु ताकेता गर्दा बिधुत कटौती नगर्नु निर्देशन गर्नु ,लाखौं ठग्ने लाउडा ,एन सि एल जस्ता भ्रष्टाचार लाई माफी दिनु यसको गतिलो उदाहरण हो । यस अबस्थामा गणतन्त्रमा घोलिन लागेको युवा पिढीले यस्तो सोच्नुमा वर्तमानका इतिहास रचयिताहरूको देश हाक्छु भन्ने कुर्सिको सोखिन (राजनेता भनिने राजनीतिकर्मीको) भूमिका नकार्न मिल्दैन ।

किन भने राजनीति व्यापार होइन, हुनुहुँदैन, हुनु पनि हुदैन खालि नाफाको मात्र लेखाजोखा गर्ने । यो विशुद्ध समाजसेवा हो । यसलाई युवानेता तथा नेतृले बुझ्नु र व्यवहारमा लागू गर्नु जरुरी देखिन्छ । एउटा राजनीति शक्तिको आडमा मन खुशी मनपरी सञ्चालित गर्ने थलोको रूपमा विकसित गर्ने कुसंस्कार युवा राजनीतिज्ञले चिर्नु आवश्यक छ । जहाँ मुलुकको जनताले कुनै पनि दल तथा नेतालाई निश्चित दायित्व सुम्पेर सभासद , मन्त्री , प्रधानमन्त्री जस्तो जिम्मेवार स्थानमा पठाएका हुन्छन् तर कुनै नेताले आफ्नो औकात बिसृन्छ अनि पौंठेजोरी खेली एकले अर्कालाई पर्छार्न अनि देश र जनताको इच्छा ,भावना कुठाराघात गर्न ।

हुन त म एक सामान्य नागरिक हुँ । राजनीति गर्ने केही रहर हुदा हुँदै पनि बिदेशीनु बिबस भएको छु । तथापि मलाई राजनीति मनपर्छ । यस अर्थमा कि राजनीति देशको भविष्य हो । देशको सामाजिक, आर्थिक, सांस्कृतिक, कानुनी मूल्य र मान्यताको संरक्षक हो । संविधान र कानुनको स्रोत हो । त्यसैले राजनीतिलाई एक विज्ञानको रूपमा स्वीकार गरिन्छ । जब हामी कुनै पनि देशबारे कुरा गर्दछौ , त्यहाँ शीर्ष स्थानमा राजनीति आउँछ । राजनीतिले कुनै पनि देशको परिचय गराउँछ । चाहे लोकतान्त्रिक गणतन्त्रको सरकार होस् या निरङ्कुश, व्यवस्थापिका र कार्यपालिका नभएको देश सम्भव छैन ।

त्यसैले राजनीति र राजनीतिकर्मी नभएको देश सास नभएको मुर्दा सरहहुन्छ भन्ने मलाई लाग्छ । जसलाई राजनीतिकर्मीले प्रश्वास भर्ने गर्छन् । फरक यति हो, सही राजनीतिक दर्शन, सिद्धान्त, आदर्श संस्कार र दृष्टिकोणद्वारा प्रशिक्षित राजनीतिज्ञले देशलाई स्वच्छ, निःश्वास भर्न सक्छन् भने दूषित सोच, संस्कार, दर्शन र दृष्टिकोणद्वारा प्रशिक्षित राजनीतिज्ञले दूषित प्रश्वास भर्छन् । ठीक वर्तमान नेपाल जस्तै ।

राजनीतिको आफ्नै संस्कार हुन्छ, प्रतिपक्ष तथा विपरीत विचारको सम्मान गर्ने । देश, जनता, मानवता र नैतिकताको सधैं कदर एवं सम्मान गर्नु सिक्नु पर्छ । तर नेपालमा त्यसको ठीक उल्टो राजनीतिक कुसंस्कार विकास भएको देखिन्छ, जिताहा र मिचाहा सामन्ती पुजीवादी प्रवृत्ति दिन-प्रतिदिन फस्टाउँदै गइरहेको छ । कसैले तपाईं भनोस् या नभनोस् आफैं मपार्इं भइटोपल्ने प्रवृत्ति दल तथा नेतामा हावी भएको देखिन्छ । आफ्नो विचार र स्वार्थवृत्तभन्दा अलग विचार राख्नेले सासै फेर्न पाउनु हुँदैन भन्ने संस्कारले प्रमुखता पाइरहेको छ । यस्तै गलत सन्देशका कारण युवा वर्गको ठूलो भीड राजनीतिक वितृष्णाको सिकार भएको देखिन्छ । जसले देशलाई सही दिशानिर्देश गर्न बाधा पुगेको छ । किनकि राजनीति युवा वर्गको चासो र बहसको विषय हुनुपर्छ । यसको मतलब सबै युवाले राजनीति गर्नुपर्छ भन्ने होइन । उनीहरूको अर्थपूर्णतर्क र सही दृष्टिकोणले देशलाई अग्रगामी दिशानिर्देश गर्न महत्त्वपूर्णभूमिका निर्वाह गर्नुपर्छ ।

तर बिडम्बना गणतन्तृक देश गन्तव्यहीन भएको छ । आजको परिस्थिति सरकारमै रहेका दल सरकारले यो गरेन, त्यो गरेन, यो समस्या छ, त्यो समस्या छ, मैले त ठीक गरेको छु, फलानो मन्त्रीले गरेन, मेरो पार्टी त ठीक गरेको छ, अर्को पार्टी गरेन भनेर चिच्याइरहेका छन् । आफ्नो पार्टीको खोक्रो खोल ओढेर भाषणमा जसले बढी अर्को पार्टीलाई दोष दिन र समस्या देखाउन सक्यो, उति राम्रो भन्ने होड चलेको छ । हो, सबैलाई थाहा छ, समस्या त छन् ।

समाधान के – यस विषयमा कुनै दल र दुई तिहाईको सरकार संवेदनशील देखिँदैन । राजनीतिकर्मीको काम समस्यामात्रै देखाउने होइन । देखिएका समस्याको समाधान र निकास खोज्ने हो । समस्या मात्र देखाउने हो भने त हाम्रो गाउँको पल्लो घरे कान्छी (उनको नाम छैन), डाँडाघरे काका, गैरघरे साल्दाई , उनीहरूलाई सोधे कुनै दलका नेताले देखाउने समस्याभन्दा कैयौं गुना बढी भोगिरहेका यथार्थ समस्या बताउन सक्नेछन् । जागिर नपाएर सडकमा भौंतारिइरहेका युवा, पानीमा नुन मिलाएर, दुई रुपैयाँको सागले दुई दिन पुर्‍याएर खाने बेरोजगार अनि आफ्नो भविष्य बनाउने सपना पोको पारेर बिदेशको भुमिमा ५६डिग्रीको घाम खानेले बताउन सक्छन्, उनीहरूका समस्या ।

घरेलु हिंसाको सिकार भएर दिनरात पिल्सिएका महिला
आफन्तबाटै बम्बाईमा बेचिन बिबस नारी अनिआफ्नै बाबाबाट बलात्कार भएकी छोरिले बताउन सक्छन्, उनीहरूका समस्या । गरिबीले छट्पटाइरहेका नेपालीका खाली पेट र नाङ्गा आङहरूले बताउन सक्छन्, बल्ल उनीहरूका यथार्थ समस्या । सडक नै रिजब गरेर सर्बसाधरन लाई सवारी साधन चलाउन नदिदै सवारिको लागि सडकखाली गरेर कुनै चिल्ला गाडीबाट ओर्लिएर मञ्चमा पुग्दा जुत्तामा धूलो टासियो कि भनेर चिन्तित हुने नेताहरुले ठाडो औंला पारेर एउटा हातमा माईक समाउदै खुल्ला आकाशलाई तर्साउदैमा अनि समस्यै समस्याको पहाड ठड्याउँदैमा उनीहरूले वास्तविक समस्या बुझेको भ्रममा पर्ने जनताको भीडमा अब रुपान्तरणको खाचो आभस आइसकेको छ । देशको विकास कसैको आरोप- प्रतिआरोप र भाषणमा भर पर्दैन, उसको समयसापेक्ष सही कार्य र पारदर्शी भिजनमा भर्रपर्छ ।

अब नेपालीले अर्काको गल्ती देखाएर, आरोप लगाएर मख्ख पर्ने नेताभन्दा समस्याको सही पहिचान गरी समाधानको उपाय खोजी गर्ने सही राजनीतिक दृष्टिकोण भएको राजनेताको खाँचो भएको महसुस गरिरहेका छन् । यो खाँचो अब युवानेता तथा नेतृहरूले पूरा गर्नुपर्छ । भौतिक सुख, व्यक्तिगत स्वार्थ र संकुचित विचारलाई त्यागी समस्यै समस्या भित्र अल्मलिरहेको बिकास निकास र समृद्ध नेपाललाई मेसो मिलाएर समृद्ध बनाउने जिम्मा युवा पुस्ताको काँधमा आएको छ । यो आवश्यकता युवा पुस्ताका नेताहरूले बुझेर बढ्नु जरुरी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार