यस्तो गाउँ छ जहाँ प्रत्यक व्यक्तिले १ करोड भन्दा धेरै कमाउँछन्

  एजेन्सी  2819 पटक हेरिएको

एजेन्सी । कच्ची सडक, हिलो बाटो, गाई, भैँसी आदि सम्झिने बित्तिकै हामीलाई गाउँको याद आउँछ । गाउँ भन्ने बित्तिकै हाम्रो मष्तिष्कमा खेती किसानहरुको याद आउँछ । गाउँमा बस्नेहरुले कमाउने रकम पनि शहरमा बस्नेहरुको भन्दा कम हुन्छ भन्ने हामी सोच्छौँ । तर आज हामी एउटा यस्तो गाउँको बारेमा जानकारी दिँदैछौँ जुन गाउँका प्रत्येक मानिसहरु वर्षको एक लाख युरो कमाउने गर्छन् । अर्थात् नेपाली एक करोड भन्दा धेरै कमाउँछन् ।

यो चीनको एउटा गाउँ हो । यहाँ बसोबास गर्ने २ हजार कृषकहरुले कृषिबाटै वार्षिक १ करोड भन्दा धेरै कमाउँछन् । सन् १९६१ म जब यो गाउँको स्थापना भयो तब यहाँको कृषि व्यवसाय एकदमै खराब थियो । तर गाउँकै कम्युनिष्ट पार्टीका अध्यक्ष वु रेनवा ओले गाउँको अवस्था नै परिवर्तन गरिदिए । उनले गाउँमा सबैलाई लागु हुने गरि सामुहिक खेती प्रणलीको नियम बनाए । उनले बनाएको नीयमले गाउँको माहोल नै अर्काे भयो ।

यो गाउँ बिल्कुलै अन्य गाउँहरु भन्दा फरक छ । यो गाउँ कुनै शहर भन्दा कम छैन । यो गाउँका प्रत्येक मानिसहरुले वर्षमा एक करोड कमाउने गर्छन् । चीनको जियांगयिन शहरको नजिकै रहेको यो हुआझी गाउँका मानिसहरु ठूलो महल, महंगा कार, गुणस्तरीय शिक्षा जस्ता सुविधासहित बसोबास गर्छन् । यो गाउँका मानिसहरुको दिनचर्या देखेर शहरका मानिसहरु पनि ईष्या गर्छन् । गाउँको प्रत्येक परिवार आर्थिक स्तरमा सम्पन्न छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार