यी तिन कथा जसले तपाइको जीवनमै परिवर्तन गरिदिने छ

  पत्रपत्रिका खबर  690 पटक हेरिएको

आईपोड र आईफोन बनाउने अमेरिकी कम्पनि एप्पलका फाउण्डर स्टिभ जब्सको जीवनका त्यस्ता तीन कथाहरु छन् । जसले तपाईंंको जिन्दगीलाई पनि परिर्वतन गर्न सक्छ । तपाईंंको जिन्दगीमा पनि उनीहरुका त्यस्ता कुराहरुले उनीहरुको जीवन, इतिहास र बायोग्राफीको झलक पाउन सक्नुहुन्छ ।

संसारका सबैभन्दा प्रभावशाली उद्यमीहरुको नाम लिनुपर्दा, त्यसमा अरु कुनै नाम भए पनि नभए पनि एउटा नाम अवश्य लिइन्छ । त्यो नाम हो स्टिव जब्स । एप्प्ाल कम्पनीका फाउन्डर यी अमेरिकीलाई संसारले केवल एक सफल उद्यमी, आविष्कारक र व्यवसायीको रुपमा मात्र नभएर संसारकै अग्रणी प्रेरक र स्पिकरको रुपमा पनि चिनिन्छ । आज हामी तपाईंसँग स्टिभ जब्सको सबैभन्दा उत्कृष्ट अनुभवहरुलाई प्रस्तुत गर्दैछौं । उनले यो स्पिच स्टिभ जब्स कन्भोकेसन, स्टानफोर्डमा दिएका हुन् । उनी भन्छन् –

आज संसारका सबैभन्दा उत्कृष्ठ विश्वविद्यालयमा एउटा दीक्षान्त समारोहमा सहभागी हुन पाउँदा म आफैंलाई गौरवान्वित महसुस गरिरहेको छु । म तपाईंंहरुलाई मेरो वास्तविकता बताउन चाहन्छु । म कहिल्यै कुनै कलेजबाट पास भइन । आज पहिलो पटक म कुनै कलेजको दीक्षान्तर समारोहको यति नजिक पुगेको छु । आज म तपाईंंहरुलाई आफ्नो जीवनका तीन कथाहरु सुनाउन चाहन्छु ।

मेरो पहिला कथा ‘डट कनेक्ट’ गर्ने बारेमा छ । रिड कलेजमा भर्ना भएको ६ महिना भित्र नै मैले पढाई छाडिदिएँ । तर, त्यसको १८ महिनासम्म म त्यहाँ कुनै प्रकारले आउने-जाने गरिरहेँ । मैले कलेज किन छाडेको भन्ने प्रश्न उठ्न सक्छ । वास्तवमा, त्यसको सुरुवात मेरो जन्मभन्दा पहिलाको हो ।

मेरी आमा एक जवान, अविवाहित स्नातक विद्यार्थी थिइन् र उनी मलाई कोही अरुलाई नै पाल्नका लागि दिन चाहन्थिन् । तर, कुनै कलेज ग्राजुएटले नै मलाई पालोस् भन्ने उनको चाहना थियो । सबै कुरा मिलेको थियो । म एक जना वकिल र उनकी श्रीमतीद्वारा पालिने भएको थिए । अचानका ती दम्पतीले आफ्नो विचार परिर्वतन गरेर छोरा होइन छोरीलाई पाल्ने निर्णय गरे । त्यसैले आधा रातमा मेरो अभिभावक, जो बच्चाका पर्खाइका लागि लाइनमा थिए । उनीहरुलाई फोन गरेर एक जना केटा बच्चा छ, के तपाईंंहरु उसलाई पाल्न चाहनुहुन्छ ? भनेर सोधियो । उनीहरुले पनि तुरुन्त हुन्छ भने ।

पछि मलाई पाल्ने आमा कलेज पास छैन र बुबा त झन् हाईस्कुल नै पास छैनन् भन्ने कुरा मेरो जन्म दिने आमालाई थाहा भयो । उनले आफूले स्वीकारेको भनेर दिनुपर्ने कागजमा हस्ताक्षर गर्न मानिनन् । तर, केही महिनापछि मलाई पाल्ने अभिभावकले मलाई कलेज पठाउन आश्वासन दिएपछि उनी मानिन् । मेरो जीवनको सुरुवात त्यसरी भयो । १७ वर्षपछि म कलेज त गएँ । तर, मैले स्टानफोर्ड जस्तो महंगो कलेज छानेँ । मेरा अभिभावकहरुको समस्त जम्मा गरिएको पुँजी मेरो पढाईमा खर्च हुन थाल्यो ।

६ महिनापछि मैले त्यस्तोे पढाईको कुनै महत्व देखिन । मलाई म आफ्नो जिन्दगीमा के गर्न चाहन्छु भन्ने कुनै कुरा थाहा थिएन र कलेजले मलाई त्यसमा कस्तो प्रकारले सहयोग गर्छ । त्यस माथि म आफ्नो अभिभावकको जीवनभरको कमाई खर्च गरिरहेको थिएँ । त्यसैले मैले कलेज छाड्ने निर्णय गरें र जे हुन्छ राम्रो हुन्छ भन्ने सोच्न थालें । त्यो समयमा ती सबै कुरा मेरो लागि डरलाग्दो थियो । तर, आज जब पछाडि फर्केर हेर्छु त्यो मेरो जिन्दगीको सबैभन्दा राम्रो निर्णय थियो ।

मैले जब कलेज छाडें, म माथिबाट आवश्यक कक्षामा जाने बाध्यता हट्यो र म चुपचाप केवल आफ्नो रुचिका कक्षाहरुमा मात्र सहभागी हुन थालें । यी सबै कुरा त्यति सजिलो थिएन । मसँग बस्नका लागि कुनै कोठा थिएन । त्यसैले मलाई साथीहरुको कोठाको भुईँमा सुत्नु पर्दथ्यो । म कोकाकोलाको बोतल फिर्ता गर्दा प्राप्त भएको पैसाले खाना खान्थें । म हरेक आइतबार ७ माइल पैदल हिडेर हरे कृष्ण मन्दिर जान्थें । त्यहाँ म एक हप्ताभरीका लागि पेटभरी खान पाउँछु भन्ने आशाका साथ जान्थेँ । त्यहाँ मलाई एकदम रमाइलो लाग्थ्यो ।

मैले आफ्नो जीवनमा जे आफ्नो जिज्ञासा र अन्तर्ज्ञानका कारण गरें । त्यो नै मेरा लागि अमूल्य प्रमाणित भयो । उदाहरणका लागि त्यो समयमा रिड कलेज शायद संसारको सबैभन्दा राम्रो ठाउँ थियो जहाँ कलिग्राफी सिकाइन्थो । समस्त कलेजमा हरेक पोस्टर हरेक लेबल अति नै सुन्दर हातले क्यालिग्राफ (सुलेख) गरिएको हुन्थेँ ।

मैले कलेज छाडिसकेको थिएँ । त्यसैले मैले साधारण कक्षाहरुमा सहभागी हुनु आवश्यक थिएन । मैले क्यालिग्राफिको कक्षामा सहभागी हुने र राम्रोसँग सिक्छु भन्ने निर्णय गरेँ । मैले सेरिफ र स्यान सेरिफ टाइप फेसको बारेमा सिकेँ । भिन्दा-भिन्दै अक्षरहरुको संयोजनका बीचमा कुनै राम्रो टाइपोग्राफीलाई के चिजले राम्रा बनाउन सक्छन् भन्ने कुरा पनि सिकेँ । यो धेरै सुन्दर थियो, यति धेरै कलात्मक थियो जसलाई विज्ञानद्वारा क्याप्चर गर्न सकिदैंन थियो र मलाई त्यो अति नै राम्रो लागेको थियो ।

यी कुराहरुको प्रयोग कहिले म आफ्नो जीवनमा गर्छु भन्ने त्यो समयमा अलिकति पनि अपेक्षा समेत गरेको थिइन । तर, जब हामी दश वर्षपछि पहिलो म्याकन्टोस कम्प्यूटर बनाइरहेका थियौं । तब मैले त्यसलाई म्याकमा डिजाइन गरिदिएँ । त्यसपछि म्याक सुन्दर टाइपोग्राफी युक्त विश्वकै पहिलो कम्प्युटर बन्न पुग्यो । यदि मैले कलेजबाट ड्रप-आउट नगरेको भए म्याकमा कहिले पनि मल्टिपल-टाइपफेस अथवा आफ्नो पेश अनुसारको फण्डहरु हुने थिएनन् ।

त्यसो त जब विन्डोजले म्याकको कपि गरेको थियो, शायद कसैलाई पनि आफ्नो व्यक्तिगत कम्युटरमा यी कुराहरु हुन्छ भन्ने लागेको थिएन । यदि मैले कहिले पनि पहिलेको क्याम्पस नछाडेको भए कहिलै पनि क्याल्लीग्राफीका ती कक्षाहरु लिन पाउने थिइन होला । त्यसपछि सायद व्यक्तिगत कम्प्युटरमा जुन फन्टहरु हुन्छन्, ती हुँदैन थिए ।

वास्तवमा, जब म कलेजमा थिएँ । त्यो बेला भविष्यलाई हेरेर ती डट्सहरुलाई कनेक्ट गर्नु सम्भव थियो । तर, दश वर्षपछि जब म पछाडि फर्किएर हेर्छु । सबै कुरा बिल्कुलै स्पष्ट देखिन्छ । तपाईंं कहिले पनि भविष्यलाई हेरेर डट्स कनेक्ट गर्न सक्नुहुन्न । तपाईंं केवल बिगतलाई हेरेर नै डट्स कनेक्ट गर्न सक्नुहुन्छ । त्यसैले तपाईंंले विश्वास गर्नुपर्छ । अहिले जे भइरहेको छ, त्यो अगाडि गएर कुनै नै कुनै तरिकाले तपाईंंको भविष्यसँग जोडिने छ । तपाईंंलाई कुन न कुनै चिजमा विश्वास गर्नै पर्छ-आफ्नो भाग्यमा, आफ्नो जिन्दगीमा अथवा आफ्नो कर्ममा । कुनै न कुनै चिजमा विश्वास गर्नैपर्छ । किनभने यी कुराहरुमा विश्वास गर्नु कि अगाडि गएर डट्सकहरु कनेक्ट हुनेछन् । तपाईंंले आफ्नो मनको आवाज सुन्ने हिम्मत हुनेछ….त्यो बेला पनि तपाईंं बिल्कुल अलग बाटोमा हिंडिरहनु भएको हुनेछ । र, त्यसले फरक पार्नेछ ।

मेरो दोस्रो कथा, लभ एण्ड लस (प्रेम र घाटा) का बारेमा छ । म जुन चिजलाई चाहन्थेँ, त्यो मैले चाँडै हाँसिल गर्दथेँ । बोज र मैले आफ्ना अभिभावकको ग्यारेजबाट एप्पल सुरु गर्ने बेलामा मेरो उमेर २० वर्षको थियो । हामीले निकै मेहनत गर्‍यौं र १० वर्षमा एप्पललाई दुई जना व्यक्तिबाट बढाएर दुई बिलियन र ४ हजार मानिसहरुको कम्पनीको बनायौं । हामीले एक वर्षअघि मात्र आफ्नो स्पष्ट कीर्ति म्याकिन्तोष रिलिज गर्‍यौं । म तीस वर्षको भएको थिएँ र मलाई कम्पनीले फायर गरिदिएको थियो । तपाईंंले आफैंले बनाउनु भएको कम्पनीबाट कसरी निस्कासित हुन सक्नुहुन्छ ? जसै-जसै कम्पनी बढ्दै थियो । हामीले एक जना त्यस्ता प्रतिभाशाली व्यक्तिलाई भर्ना गर्‍यौं । जोसँग मिलेर कम्पनीलाई अघि बढाउन सकिन्छ भन्ने मेरो सोचाई थियो । पहिलो एक वर्ष त सबै राम्रै भयो ।

तर, त्यसपछि कम्पनीको भविष्यको योजनालाई लिएर हामी दुईबीच मतभेद हुन थाल्यो । कुरा बोर्ड अफ डाइरेक्टर्ससम्म पुग्यो । त्यसपछि उनीहरुले उसैको साथ दिए । त्यसैले ३० को उमेरमा मलाई निकालियो । सार्वजनिक रुपमै निकालियो जुन मेरो पुरै बयष्क जीवनको केन्द्र थियो । त्यो अब खत्तम भइसकेको थियो र त्यो निकै दर्दनाक र बिनासकारी पनि थियो । मलाई वास्तवमै अघिल्ला केही महिनाहरुसम्म अब के गर्ने भन्ने बारेमा सोच्न समेत सकिन ।

मलाई के महसुस हुन थाल्यो भने यी सबै कुराहरु यति सजिलै स्वीकार गरेर मैले आफ्नो पहिलाको पुस्ताकी स्वरोजगारहरुलाई झुकाईदिएको छु । मैले डेविड प्याकर्ड र बब नोएसलाई भेटेँ र उनीहरुसँग मेरो करियरमा त्यस्तो भएकोमा माफी मागेँ । म एउटा ठूलो सार्वजनिक जीवनमा रमेको थिएँ । एक पटक त मैले उपत्यका छाडेर जाने विचार समेत गरेको थिएँ ।

तर, बिस्तारै-बिस्तारै मलाई के महसुस हुन थाल्यो भने म जे काम गर्छु, त्यसका लागि म अहिले पनि उत्साहित छु । एप्पलमा जे-जस्तो भएको थियो, त्यसका कारण मेरो धैर्यतामा कत्ति पनि कमि आएको छैन । मलाई अस्वीकार गरिएको हो । तर, म अहिले पनि आफ्नो कामप्रति उत्तिकै प्रेम गर्छु । त्यसले मैले एक पटक पुनः सुरुवात गर्ने सोचेँ ।

मैले त्यो बेला सोचेको थिइन । तर, मलाई अहिले के लाग्छ भने एप्पलबाट निकालिएपछि राम्रो कुराहरु मसँग हुनै सक्ने छैन । सफल हुनुको बोझ अब बिगिनर भएको हल्कापनमा परिवर्तन भइसकेको थियो । म पुनः एक पटक आफूलाई निकै स्वतन्त्र महसुस गरिरहेको थिएँ । त्यो स्वतन्त्रताको कारणबाट नै मैले आफ्नो जीवनको सबैभन्दा सिर्जनशील अवधिमा जान सकेँ ।

अघिल्ला पाँच बर्षहरुमा मैले एउटा कम्पनी नेस्ट र एउटा अर्को कम्पनी पिक्सर सुरु गरेँ र त्यही क्रममा मेरो भेट एउटा अति नै अचम्मकी महिलासँग भयो । जो पछि गएर मेरी श्रीमती बनिन् । पिक्सरले संसारको पहिलो कम्प्यूटर एनिमेटेड फिल्म ‘टोय स्टोरी’ बनाइन् । अहिले यो विश्वकै सबैभन्दा सफल एनिमेसन स्टुडियो हो ।

आज एप्पल, नेक्स्टद्वारा डेप्लप गरिएका टेक्नोलोजी नै प्रयोग गर्छ । अब जेरेने र मेरो एउटा सुन्दर परिवार छ । म बिल्कुलै निश्चितताका साथ भन्न सक्छु यदि मलाई एप्पलबाट ननिकालिएको हुन्थ्यो भने आज मसँग यो सबै कुरा हुँदैन थिएँ । यो एउटा अति नै तीतो औषधि थियो । तर, सायदै बिरामीलाई त्यसको आवश्यकता थियो । कहिलेकाहीँ जिन्दगीले तपाईंंलाई यसरी नै धोका दिन्छ । तर, जस्तोसुकै अवस्थामा पनि आफ्नो विश्वास गुमाउनु हुँदैन । म विश्वासका साथ भन्न सक्छु कि म केवल यसकारण अघि बढ्दै गएँ । किनभने म आफ्नो कामलाई प्रेम गर्दथें । आई लभ माइ वर्क ।

तपाईंं वास्तवमै के गर्न चाहनुहुन्छ भन्ने कुरा तपाईंंलाई जानकारी हुनुपर्छ । जति आफ्नो प्रेमलाई खोज्न जरुरी छ, त्यति नै त्यो कामलाई खोज्न पनि जरुरी छ । जसमा तपाईंं वास्तवमै रमाउन हुन्छ । तपाईंंको काम तपाईंंको जिन्दगीको एउटा ठूलो अंग हुनेछ, र वास्तवमै सन्तुष्ठ हुने एक मात्र तरिका हो, तपाईंं त्यो काम गर्नुहोस्, जसलाई तपाईंं वास्तवमै ठूलो काम सम्झनु हुनेछ । र ठूलो काम गर्ने एउटा मात्र तरिका छ, त्यो हो तपाईंं त्यही काम गर्नुहोस्, जसमा तपाईंं रमाउनुहुन्छ ।

यदि तपाईंंले अहिलेसम्म त्यो काम पाउनु भएको छैन भने पनि तपाईंं नरोकिनुहोस्, त्यो कामलाई खोजिरहनुहोस् । जस्तो कि मनसँग जोडिएको हरेक चिजमा हुन्छ, त्यो जब तपाईंंले फेला पार्नु हुन्छ, आफैं थाहा हुन्छ । जस्तो एउटा राम्रो सम्बन्धमा पनि हुन्छ । सम्बन्ध पनि समय सँग-सँगै राम्रो हुँदैजान्छ । त्यसैले खोजी जारी राख्नुहोस्, नरोकिनुहोस् । अनलाइन खबरबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार