३ महिने साक्षरता तथा अभिभावक शिक्षा बुढीगंगामा सञ्चालन

  मूलधारपोष्ट  85 पटक हेरिएको

बाजुरा । जिल्लाको बुढीगंगा नगरपालिका वडा नं १ को कुडी र डुग्री टोलमा तिन महिने साक्षरता तथा अभिभावक शिक्षा सञ्चालन भएको छ । गुडनेवर्स इन्टरनेशलन नेपाल र पीसविन बाजुराको आर्थिक सहयोग तथा बुढीगंगा नगरपालिका वडा नं १ संगको समन्वयमा कक्षा सञ्चालन भएको छ ।

निराक्षर अभिभावकहरुलाइ शाक्षार तथा शाक्षार अभिभावकहरुलाई उनीहरुको दैनिक रुपमा आइपर्ने समस्या र उनीहरुको बालवालिका प्रतीको जिम्मेवारलाई सहज तरिकाले बहन गराउने उदेश्यका साथ साक्षरता कक्षा सञ्चालनमा आएको छ । साक्षरता कक्षामा विशेष गरेर अक्षर चिन्ने र सामान्य गणितीय समस्याहरुको समाधान गर्न सक्ने, क्यालेन्डर चिन्ने तथा घडी हेर्न सकिने सम्म साक्षरता कक्षामा सिकाईने पीसविनका कार्यक्रम संयोजक टेक बहादुर थापाले जानकरी दिनुभएको छ ।

त्यसैसंगै साक्षरता कक्षामा अहिलेको बदलिदो प्रबिधीलाई पनी केहि सामान्य रुपमा जानकारी दिनुका साथै त्यसको प्रयोगका फाइदा र व्यफाइदाका बारेमा समेत जानकारी दिएको छ । साक्षरता कक्षाको लागि आवश्यक सहजकर्ता तथा शैक्षिक सामग्री गुडनेवर्स इन्टरनेशनल नेपालले गरेको भने कितावको लागि युनेष्कोले सहयोग गरेको हो  

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार