पेट्रोलियम पर्दाथको मूल्य बढ्यो

  मूलधार पोष्ट  955 पटक हेरिएको

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको बताएको छ । निगमद्वारा बुधबार विज्ञप्ति मार्फत पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँका दरले वृद्धि गरिएको विज्ञेप्तीमा जनाइएको छ ।

छिमेकी देश भारतबाट केहीमात्रामा मूल्य बढेर आएकाले स्वचालित प्रणाली अनुसार मूल्य समायोजन गरिएको नेपाल आयल निगमले जनाएको छ। निगमा अनुसार हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने परानै कायम रहेको बताएको छ ।

अब काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १११ रुपैयाँ कायम भएको छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय रुपैयाँ कायम गरिएको छ। बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ। उपरोक्त समायोजन पश्चात् काठमाडौंसहित सुर्खेत र दिपायलमा १११ रुपैयाँ प्रति लिटर पर्नेछ।

कास्कीको पोखरा र दाङमा ११० रुपैयाँ ५० पैसा प्रतिलिटर तथा विराटनगर, धनुषा, विरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढीमा प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा लिटर कायम गरिएको विज्ञेप्ती मार्फत जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार