अंग्रेजी नयाँ बर्ष २०२० मा जे देखियो -तस्विर सहित

  पत्रपत्रिका खबर  329 पटक हेरिएको

आजदेखि सन् २०२० विधिवत रुपमा सुरु भएको छ । नयाँ वर्ष सुरु भएलगत्तै संसारभरका मानिसहरुले हर्षोल्लास मनाउँदै भव्य अतिशवाजीसहित यसको स्वागत गरिरहेका छन् । नयाँ वर्ष सुरु भएलगत्तै संसारभर देखिएका केही तस्बिरहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।

अस्ट्रेलियाको सिड्नीस्थित आइकोनिक हार्बर ब्रिज र ओपेरा हाउसमाथि नयाँ वर्षको अवसरमा आतिशबाजी गरिँदै सन् २०२२ हुने बेइजिङमा हुने शीतकालीन ओलम्पिक मुख्यालय नजिक जनवरी १ मा मानिसहरूले नयाँ वर्ष मनाइरहेको दृष्य ।

हङकङको सिम शा त्सुई जिल्लाका प्रजातन्त्र समर्थकहरूले झण्डा फहराए र नारा लगाउँदै नयाँ वर्षको स्वागत गरिरहेको दृष्य
फिलिपिन्सको मनिलास्थित एउटा मलमा नयाँ वर्षमा रमाइरहेका सर्वसाधारणहरु सिंगापुरको मारिना खाडीमा जनवरी १ सुरु भएसँगै आतिशबाजी सुरु हुँदाको दृष्य । सिड्नीस्थित हार्बर ब्रिज र सिडनी ओपेरा हाउसमा आधारात सम्म प्रदर्शन गरिरहेका सर्वसाधारण र आतिशबाजीको दृष्य ।

मध्यरातमा सिड्नीस्थित हार्बर ब्रिज र सिड्नी ओपेरा हाउसमाथि भव्य आतिशबाजीको दृष्य । भारतको अहमदाबादमा नयाँ वर्षलाई स्वागत गर्न आयोजित कार्यक्रमको क्रममा भारतीय स्कूलका छात्रछात्राहरु । नयाँ वर्ष सुरु हुनेवित्तिक्कै न्युजील्याण्डको अकल्याण्डस्थित स्काई टावरबाट गरिएको भव्य आतिशबाजी । सिड्नीमा नयाँ वर्षको पूर्व सन्ध्यामा प्रफुल्लित मुद्रामा सर्वसाधारणहरु ।

बैंककको एक सपिङ मलबाहिर नयाँ वर्षलाई स्वागत गर्नेहरुको भीड । दक्ण कोरियाको सियोलस्थित जोग्यासा बौद्ध मन्दिरमा एक महिलाले नयाँ वर्षको शुभकामनासहितको कागज नोट प्रदर्शन गर्दै । अमेरिकाको न्यूयोर्कस्थित टाइम्स स्क्वायरमा अफिसियल म्यानहरु नयाँ वर्षको स्वायतको तयारीमा जुट्दै । तस्बिरहरुः सिएनएन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार