निर्वाचन कार्यालयमा एक हजार बढीको दाबी विरोध

  मूलधारपोष्ट  64 पटक हेरिएको

बाजुरा । ओली सरकारले घोषणा गरेको मध्यावधीको निर्वाचनको तयारी तिव्र रुपमा थालिएको छ । मध्यावधी चुनावका लागि ७७ वटै जिल्लामा निर्वाचनका कार्यक्रम संचालन हुन थालिसकेका छन् । यता जिल्ला निर्वाचन कार्यालय बाजुराले पनि निर्वाचन सम्बन्धि कार्यक्रमहरु सञ्चालन गर्न सुरु गरिसकेको जनाएको छ  । निर्वाचन आयोगको कार्य तालिका अनुसार नै जिल्ला निर्वाचन कार्यालय बाजुराले सुरु गरेको दाबी विरोध कार्यक्रममा जिल्लाबाट एक हजार तीन सय ३५ जनाको दाबी विरोध परेको जिल्ला निर्वाचन कार्यालय बाजुराका जिल्ला निर्वाचन अधिकारी राजेश भट्टराइले बताएका छन् ।

जिल्लाका ९ वटै स्थानीय तहमा तोकिएका सहायक नाम दर्ता अधिकारीले दिएको विवरण अनुसार एक हजार तीन सय ४ जनाको मृत्यु भएको दावीको निवेदन आएको सूचना अधिकारी विशाल पुडासैनीले मालिका टुडेलाई जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार दाबी विरोध कार्यक्रम अन्तरगत ३० जनाले त्रुटी सच्याउन निवेदन दिएको र एक जनाले दोहोरो नाम परेकाले सच्याइ दिन निवेदन दिएको सूचना अधिकारी पुडासैनीको भनाई रहेको छ ।

निर्वाचन कार्यालयले माघ १५ गतेदेखि २१ गते सम्मको समयावधीमा एक हजार तीन सय ४ जनाले मृत्यु,दोहोरो नाम परेको र त्रुटी सच्याउनका लागि निवेदन दिएकाले सोही निवेदनहरु निर्वाचनमा आयोगमा पठाईसकेको सूचना अधिकारी पुडासैनीले टुडेलाई भने । जिल्लामा आएका निवेदनहरुलाई आयोगमा पठाएकाले सच्याएर र मृत्यु भएकाहरुको नाम हटाएर कुल मतदाताको संख्या आउन बाकी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार