प्रचण्ड-नेपाल पक्षद्वारा तेस्रो र चौँथो चरणको आन्दोलन घोषणा

  मूलधारपोष्ट  83 पटक हेरिएको

काठमाडाै‌ं । प्रतिनिधि सभा विघटनविरुद्ध निरन्तर आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले तेस्रो र चौथो चरणको आन्दोलन एकैचोटी घोषणा गरेको छ । आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको बैठकले तेस्रो र चौथो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

केन्द्रीय संघर्ष समितिले पत्रकार सम्मेलनमार्फत् फागनु ६ गते प्रतिगमन, महंगी र महिला हिंसाको विरोधमा मानव साङ्गोले टुँडिखेल घेर्ने घोषणा गरेको छ ।९ गते उपत्यका र बाहिर सबै जिल्लामा महिलाहरुको प्रदर्शन गर्ने समितिले जनाएको छ ।

प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै आन्दोलनरत यस समूहले अझै सशक्त रुपले संघर्षका कार्यक्रम अघि बढाउने जनाएको छ । यसअघि यस समूहले पहिलो र दोस्रो चरणका आन्दोलन सम्पन्न गरिसकेको छ । जस अनुसार दोस्रो चरणमा माघ १३ गतेदेखि माघ २८ गतेसम्म विभिन्न विरोध कार्यक्रम, धर्ना तथा जनसभाहरू सम्पन्न गरेको थियो ।

गत पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेयता नेकपाभित्रैबाट असन्तुष्ट समूहले विरोध गर्दै आएको छ । वैधानिक रुपमा अलग नभइसके पनि नेकपा प्रचण्–प्रचण्ड माधव समूहले प्रधानमन्त्रीको उक्त असंवैधानिक रहेकाले प्रतिनिधि सभा पुनस्र्थापनाको माग गर्दै आन्दोलन गरिरहेको हो ।

त्यस्तै सरकारले पूर्वराजा, पूर्वप्रधानमन्त्री सहित सार्वजनिक पदाधिकारीहरूको सुरक्षामा खटिएका प्रहरी र सशस्त्रका १३ वटा पछुवा गाडी र करिब २ सय सुरक्षाकर्मी फिर्ता गरेको छ’ ।

मन्त्रिपरिषद् बैठकबाट हालै पारित गरिएको अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि, २०७७ अनुसार मापदण्डविपरीतका पछुवा गाडी र सुरक्षाकर्मी फिर्ता गरिएको गृह मन्त्रालयले जनाएको छ ’।

फिर्ता भएकामा प्रहरी र सशस्त्रबाट खटिएका अंगरक्षक, पछुवा सुरक्षा, निवास सुरक्षा, चालक र भान्से छन् ।सशस्त्र प्रहरी प्रधान कार्यालयले पूर्वराजा ज्ञानेन्द्र शाह तथा राजपरिवारका सदस्यको सुरक्षामा तैनाथ करिब ५० जना सुरक्षाकर्मी र २ वटा पिकअप भ्यान फिर्ता गरेको छ’ ।

पूर्वराजा र राजपरिवारका सदस्यको सुरक्षामा सशस्त्र प्रहरीका डीएसपी शिव राउतको कमान्डमा नागार्जुनमा ‘सशस्त्र प्रहरी नागार्जुन सुरक्षा बेस’ र निर्मल निवासमा राजेन्द्र गुरागाईंको कमान्डमा ‘क्लोज प्रोटेक्सन’ टिम खटिँदै आएको थियो ’।

सशस्त्रले नागार्जुन बेस पूरै फिर्ता गरेको हो ’। दुईवटा भ्यान फिर्ता गरिएपछि ज्ञानेन्द्रको सुरक्षार्थ अब पछुवामा एउटा मात्रै पिकअप भ्यान रहनेछ ।त्यस्तै पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा तैनाथ प्रहरीका २६ र सशस्त्रका ३१ सुरक्षाकर्मी तथा प्रहरीको एउटा अगुवा गाडी फिर्ता गरिएको छ ’।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षामा खटिएका ३ र अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सुरक्षामा तैनाथ १ जना सशस्त्र प्रहरी फिर्ता भएका छन् ’।

पछिल्लो कार्यविधिअनुसार पूर्वप्रधानमन्त्रीलाई सशस्त्र प्रहरीबाट पछुवा पिकअप भ्यान र १६ प्रहरी तथा अंगरक्षकका रूपमा २ जना नेपाल प्रहरी खटाइने उल्लेख छ’ ।देउवा र नेपालको सुरक्षामा सशस्त्रका क्रमशः १९ र १७ जना सुरक्षाकर्मी खटिँदै आएका थिए ’। प्रहरीका अंगरक्षक भने यथावत् राखिएको छ ।कान्तिपुर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार