५० हजार राशीको भलिबल बुढीगंगा ९ ले हात पार्यो

  मूलधार पोष्ट  975 पटक हेरिएको

बाजुरा । जिल्लाको बुढीगंगा नगरपालिका वडा नं‌ १० आयोजना गरिएको खुल्ला पूरुष भलिबल प्रतियोगीताको उपाधी बुढीगंगा नगरपालिका–९ ले हात पारेको छ । गत मंसिर २६ गतेबाट सञ्चालन भएको प्रतियोगीता आज सम्पन्न भएको छ । ५० हजार धनराशीको खुला भलिबल प्रतियोगिताको आयोजना गरिएको थियो । खेल क्षेत्रतर्फ युवा आकर्षण बढाउन वडा कार्यालयसँगको सहकार्यमा वडा स्तरीय नमुना युवा क्लवको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो । बाजुरा र अछामका गरी १८ वटा टिम सहभागि खेलको पूर्व मन्त्री एवं नेकपा सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले उद्घाटन गर्नुभएको हो ।

वडा स्तरिय नमूना युवा सञ्जालको आयोजनामा सञ्चालित प्रतियोगीताको बुढीगंगा नगरपालिका १० ले उपाधी हात पारे संगै नगद ५० हजार सहित मेडल र प्रमाण–पत्र हात पारेको छ । सोही प्रतियोगीतामा मेल्लेख गाउँपालिका अछामले द्धितिय स्थान हात पारे संगै नगद ३० हजारसहित मेडल र प्रमाण–पत्र हात पारेको छ । साथै आयोजक ‘ब्’ ले तृतिय स्थान हात पारे संगै नगद २० हजार नगद सहित मेडल र प्रमाण–पत्र हात पारेको छ ।

वडा स्तरिय नमूना युवा सञ्जालका अध्यक्ष नन्दलाल जैशीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अथिति बुढीगंगगा नगरपालिकाका नगर प्रमुख दिपक विक्रम शाह रहनुभएको थियो । कार्यक्रममा नगर कमिटी अध्यक्ष नरेन्द्र थापा,वडा नं. ९ का वडा अध्यक्ष भरत थापा,१० का वडा अध्यक्ष धर्मराज जैशी,नेपाल शिक्षक महासंघका सचिव राम बहादुर रावल बिशिष्ट अथिति रहनुभएको थियो । कार्यक्रममा खेलाडी स्थानीय गरी ५ सय बढीको सहभागीता रहेको अनेरास्ववियुको बिद्यार्थी नेता पारस रावलले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार