बाजुरामा रक्त सञ्चार केन्द्र स्थापनाको तयारी अन्तिम चरणमा

  मूलधारपोष्ट  236 पटक हेरिएको

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराले रक्त सञ्चार केन्द्र स्थापनाको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । १८ औं जिल्ला सभाको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा शाखाले ब्लड बैंक नै सञ्चालनको संभावना नरहेकोले आकस्मीक रक्त सञ्चार केन्द्र सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ ।

रक्तदान सहीतका गतिविधी सञ्चालन भईसकेको र औपचारिक उद्घाटन गर्न मात्र बाँकी रहेको रेडक्रस सभापति रमबहादुर शाहीले बताएका छन् । रक्त बैंक नै सञ्चालन गर्न बाजुरामा समस्या हुने र ३५ दिन पनि जम्मा गरेको रगतले काम नै नगर्ने भएकोले आकस्मीक रक्त सञ्चार केन्द्र मात्रै सञ्चालनको तयारी थालिएको सभापति शाहीको भनाई छ ।

पत्रकार सम्मेलनमा शाखाले एक वर्षमा गरेको कामको प्रगति र उपलब्धी बारे जानकारी गराएको थियो । साथै १८ औं साधारण सभाले रक्तदाता बढाउने र उनीहरुको प्रोत्सहानका कार्यक्रम गर्ने नीति लिएको जानकारी गराएको छ । रेडक्रस बाह्विस शाखाले सञ्चालन गरिरहेको एम्बुलेन्स दुरुपयोग भएको भन्ने जनगुनासो बढेकोले त्यसको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी समेत जिल्ला शाखाकै स्वामित्वमा लिने गरी प्रक्रिया अघि बढाईएको पत्रकार सम्मेलनमा निवर्तमान सभापति दिलबहादुर बुढाले बताएका छन् ।

शखाका कार्यक्रम अधिकृत ईश्वरा सुवेदीले सञ्चालन गरेको कार्यक्रममा सभापति रमबहादुर शाहीले आर्थिक वर्ष ०७७÷०७८ को प्रस्तावित कार्यक्रम बारे जानकारी गराउनु भएको थियो । विपद् व्यवस्थापन र उद्दारका कार्यमा रेडक्रस अग्र भागमा देखिएको र सहयोग तथा सहकार्यका लागि पनि तुलनात्मक रुपमा उलेख्य कार्य गरेको शाखाले बताएको छ । स्वयम सेवी संस्था भएकै कारण सोचे जस्तो काम र सहयोग गर्न नसकेको विषयलाई गलत रुपमा टिकाटिप्पोणी हुनु दुखत विषय भएको रेडक्रसले बताएको छ ।

जिल्लामा विपदमा ५० परिवारलाई मात्र राहत दिनुपर्ने कोटा भएको कोटा थपका लागि प्रदेश र केन्द्रीय समितिलाई आग्रह गर्ने र कोल्टी टाँटेमा २५÷२५ परिवारका लागि गैर खाद्य सामग्री संचित गरिने सभाको निर्णय पनि पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ ।

सभाले आर्थिक वर्षको आम्दानी १९ लाख ४२ हजार ९८५ रुपैया ४६ पैसा र खर्च १३ लाख २८ हजार २०७ रुपैया अनुमोदन गरेको छ । शाखालाई सञ्चार क्षेत्रबाट निरन्तर सहयोग र सहकार्यको पनि अपेक्षा गरिएको शाखाका सभापति रमबहादुर शाहीले पत्रकार सम्मेलनमा बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार