डिप्रोसको वित्तिय साक्षरता कार्यक्रम मार्तडीमा सम्पन्न

  मूलधार पोष्ट  411 पटक हेरिएको

बाजुरा । डिप्रोस लघु वित्त वित्तिय सस्था लिमिटेड शाखा कार्यालय  बाजुराले आयोजना गरेको एक दिने केन्द्र प्रमुख गोष्ठि तथा वित्तिय साक्षरता सम्बन्धि कार्यक्रम मार्तडीमा सम्पन्न भएको छ । जिल्ला भरी रहेका ९७ वटा केन्द्रमा आवद्ध १३ सय ५ जना महिला सदस्यहरुलाई लघु उद्ममा आर्कषक गर्नको लागि आर्थिक बर्ष २०७६।७७ को पहिलो चरणको गोष्ठि आयोजना गरिएको हो ।

पहिलो चरणमा जिल्लाका बडीमालिका, त्रिवेणी र बुढीगंगा नगरपालिकामा आवद्ध ७१ जना केन्द्र प्रमुख महिलाहरुको उपस्थित रहेको हो । २०७२ साल चैत्र १८ गतेबाट बाजुरामा शाखा सञ्चालन गरि हालसम्म ९७ समुह सञ्चालनमा रहेका छन् । बैंकले ४ बषर्नको अवधिमा बाजुरामा २ करोड, ४३ लाख, ६७ हजार ८५५ रुपैंया, ११ पैंसा ऋण लगानी लगाएको छ भने १ करोड, ८३ लाख, ५ हजार, २७८ रुपैंया ५९ पैंसा बचत रहेको शाखा प्रमुख रामहरी पराजुलीले जानकरी दिनुभएको छ ।

बैंकले अहिले बाजुराबाट कृषी कर्जा, पशुपालन कर्जा र खुद्रा व्यापार तर्फ लगानी लगाएको प्रमुख पराजुलीको भनाई छ । बैंकले अहिले ५ हजारदेखि ५ लाखसम्म ऋण लगानी गरिरहेको छ । उत्तरा कुमारी बोहराको अध्यक्षतामा सञ्चालन भएको गोष्ठिमा प्रमुख अतिथि बडिमालिका नगर उपप्रमुख कविता बिष्ट रहुनभएको थियो भने अन्य अतिथिमा बडिमालिका नगरपालिका ८ का वडाध्यक्ष प्रकाश रावल, डिप्रोस लघुवित्त बैंक सुदूरपश्चिम प्रदेश प्रमुख केशवराज पाठक, बाजुरा शाखाका प्रमुख रामहरी पराजुली रहुनुभएको थियो ।

अमर थापाले सञ्चालन गरेको कार्यक्रममा २०७५ सालमा समुहमा आवद्ध भएका परिवारबाट उत्कृष्ट ग्रेड ल्याएका विद्यार्थीलाई पुरस्कृत समेत गरेको हो भने जिल्ला भरि रहेका केन्द्रमध्य उत्कृष्ट हुने लोकतान्त्रिक महिला समुह उच्च पहाडी पद्धती केन्द्र नम्बर ६ का निर्मला कुमारी रोकाया, दोस्रो हुनेमा बेतालमाण्डौं महिला समुह उत्च पहाडी पद्धती केन्द्र नम्बर ५० र तेस्रोमा बाम्का महिला समुह उच्च पहाडी केन्द्र नम्बर ४६ रहेका छन् । उत्कृष्टलाइ प्रमाणपत्र सहित सम्मान गरिएको बाजुरा शाखाले जानकारी दिएको छ ।

बैकले वित्तीय सेवाको माध्यमबाट खर्चयोग्य आम्दानी आर्जन गर्न मर्या्दित रोजगारी श्रृजना गर्ने, आधारभुत खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य, शिक्षा तथा आवासमा खर्च गर्न सक्ने बनाई गरिवीबाट माथि उकास्ने गरेको सुदूरपश्चिम प्रदेश प्रमुख केशवराज पाठकले बताउनुभएको छ । डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेड, नेपालमा प्रतिस्पर्धि लघुवित्त सेवाको विकास र प्रबद्र्धनमा प्रतिबद्ध रहेको समेत बताउनुभयो । बैंकले प्रतिस्पधि, दिगो र सक्षम लघुवित्त सेवा प्रदान गर्नु, पिछडिएका समुदायका महिलाहरुको सशक्तिकरण गर्नु, स्थानीय परिबेश सुहांउदो, मितव्ययी लघुवित्त सेवा प्रदान गर्नु, ग्राहकमैत्री सेवाहरुको तर्जुमा गरी कार्यक्रममा स्तरोन्नतीसहित पहुंच अभिबृद्धि गर्नु लगाएतका उदेश्य रोखेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार