गौरिकाले जितिन तेस्रो स्वर्ण

  पत्रपत्रिका खबर  323 पटक हेरिएको

पौडी खेलाडी गौरिका सिंहले आइतबार तेस्रो स्वर्ण जितेकी छन्। १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा महिला ४ सय मिटर प्रिस्टाइल स्पर्धामा गौरिकाले स्वर्ण पदक जित्न सफल भएकी हुन्। ललितपुरको सातदोबाटोस्थित हिटिङ पौडी पोखरीमा उनले भारतीय खेलाडी शिवाङ्गी शर्मालाई पछि पार्दै स्वर्ण जितेकी हुन्। गौरिकाको यो जितसँगै सागमा नेपालको ४४ वटा स्वर्ण पदक पुगेको छ ।

त्यस्तै नर्भिक इन्टरनेशनल हस्पिटललाई हालै मलेसियाको क्वालालम्पुरमा अमेरिकी चेम्बर अफ कमर्सको एक निकाय वल्र्ड कन्फडेरेसन अफ बिजिनेसेसद्वारा सफलताको सिखर प्रदान गरिएको छ । उक्त सम्मान मलेसियाको क्वालालम्पुरमा आयोजित एक अन्तर्राष्ट्रिय समारोहका वीच नर्भिकलाई प्रदान गरिएको हो । उक्त सम्मान केवल वल्र्डकबका विगतका समारोहहरुमा अर्थात् द विज सम्मान समारोहमा सम्मानित र पुरस्कृत भएका संघ संस्था जो विगतको सम्मान पश्चात् पनि आफ्नो उत्कृष्टता कायमै राख्न सफल हुन्छन्, तिनलाई मात्रै प्राप्त हुनेगर्दछ ।

उक्त समारोहमा नर्भिकलाई वल्र्डकब परिवारको प्लेटिनम मेम्वर समेत प्रदान गरियो । वल्र्डकबले नर्भिकलाई आगामी दिनहरुमा यसका सेवाका स्तरलाई उकास्न भरमग्दुर र निरन्तर प्रयास गर्ने प्रतिबद्धता समेत दोहो¥याएको छ । नवीनतम् प्रविधिका क्षेत्रमा नर्भिकलाई सहयोग गर्दै यसलाई अन्तर्राष्ट्रिय स्तरमा विकसित पार्न हर–सम्भव उपायहरुको अवलम्बन गरिने समेत बताएको छ ।

उपरोक्त पुरस्कार/सम्मानका अलावा नर्भिकलाई स्वास्थ्य सेवामा विश्व व्यवसायिक नेतृत्व नामक सम्मानका साथ यसलाई ठूलो प्रेरणादायी संस्थाकारुपमा समेत सम्मान गरिएको थियो । वल्र्डकबका तर्पmबाट मलेसियका लागि नेपालका राजदूत उदयराज पाण्डेले एक विशेष समारोह वीच उपरोक्त पुरस्कार तथा सम्मानहरु नर्भिकका पदाधिकारीहरुलाई अर्पण गरेका थिए ।

नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरीले नेपाली स्वास्थ्य सेवाका फाँटलाई अन्तर्राष्ट्रिय स्तरमा उकास्न खेलेकी प्रभावकारी एवम् नेतृत्वदायी भूमिकावापत उनलाई वल्र्ड लिडर बिजिनेस पर्सन सम्मानद्वारा पुरस्कृत गरिएको थियो । आफ्नो संस्थामा नवीनतम्, सुविज्ञ र व्यवस्थित वातावरणको सिर्जना गर्दै नेपाली स्वास्थ्य सेवाका फाँटलाई उकास्न मद्दत पु¥याएवापत उनलाई सो पुरस्कारले सम्मान गरेको वल्र्डकबले जनाएको छ । सो अवसरमा नर्भिकका पदाधिकारीहरुका साथ कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहलाई पनि व्यवसायिक नेतृत्वमा सर्वोत्कृष्ट विषयक सम्मान प्रदान गरिएको थियो ।

वल्र्डकबले आ–आफ्ना क्षेत्रमा विश्वव्यापी ख्याति प्राप्त गरेका र नेतृत्वदायी भूमिका खेलेका कम्पनी तथा व्यक्तित्वहरुलाई सम्मानित र पुरस्कृत गर्ने गर्दछ । सन् २००४ मा अमेरिकाको टेक्सासमा स्थापित दि वल्र्डकबको मुख्य उद्देश्य नै बिश्ववयापीरुपमा मूल्य र मान्यतामा आधारीत व्यवसायहरुको प्रबद्र्धन गर्नु, तिनको पहिचान, सम्मान एवम् अगुवा व्यवसाय तथा व्यवसायिक व्यक्तित्वहरुको साख अभिवृद्धिमा सहयोग पु¥याउनु रहेको छ ।

विश्वका १३० भन्दा बढी राष्ट्रहरुमा दि वल्र्डकबका ३,००० भन्दा बढी सदस्य प्रतिष्ठानहरुको सञ्जाल रहेको छ । यो सम्मानले व्यवसायको नैतिक अभ्यासलाई प्रवद्र्धन गर्दै अनुकरणीय एवम् अनुसरणीय व्यवसायिक उदाहरणहरु स्थापित गर्ने तथा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा तत्सम्बन्धित व्यवसायहरुले निर्धारित मापदण्डलाई अनुसरण गरुन भन्ने अभिप्राय राख्दछ ।

वल्र्डकबद्वारा जारी सूचनाअनुसार स्थापित मापदण्डमा आधारीत छनौट मापदण्डहरु जस्तैः व्यवसायिक अगुवाई, सेवाको गुणस्तर, प्रभावकारी तथा गुणस्तरीय व्यवस्थापन प्रणाली, अभिनव र रचनात्मकता, संस्थागत सामाजिक उत्तरदायित्व, समृद्ध इतिहास, उत्कृष्ट चिकित्सा नैतिकताको अवलम्बन, विरामी सुरक्षा, हस्पिटलजन्य सङ्क्रमणको नियन्त्रण लगायत रोग रोकथाम, निदान, औषधोपचार एवम् उपचारका क्षेत्रमा हस्पिटलले हासिल गरेको उत्कष्ट नतिजा रहेका थिए ।

स्वास्थ्य सेवा जस्तो जटिल क्षेत्रमा उत्कृष्टता हासिल गरेकोमा दि वल्र्डकबले नर्भिक व्यवस्थापनलाई बधाई दिंदै भविष्यमा उत्कृष्टताको सगरमाथा चुमोस् भन्ने कामना समेत गरेको छ । उत्कृष्ट स्वास्थ्य सेवाको रजत महोत्सव मनाइसकेको नर्भिकले नेपाली निजी क्षेत्रका हस्पिटलमध्ये सर्वप्रथम “ग्लोवल ग्रिन एण्ड हेल्दी हस्पिटल्स”, अमेरिकाको सदस्यता प्राप्त गरेको थियो ।

नेपालमै सर्वप्रथम आइ.एस.ओ. प्रमाणीकरण र उत्कृष्ट प्रयोगशाला सेवाका लागि एनएबीएल प्रमाणिकरण पाउने नर्भिकले यसपूर्व युरोप बिजिनेश एसेम्बेली, बेलायतबाट उत्कृष्ट क्षेत्रीय हस्पिटल, नेपालको उत्कृष्ट इम्प्लोयर ब्राण्ड र जर्मनीको बर्लिनमा अन्तर्राष्ट्रिय क्वालिटी च्वाइस प्राइज जस्ता सम्मान/पुरस्कारहरु प्राप्त गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार