अब साँफे मार्तडी सडक खण्डको भाडा १ सय ६५ रुपै‌या

  मुलधारपोष्ट  395 पटक हेरिएको

साफे मार्तडी सडक खण्डले पिच भएको २ बर्ष पछी रुट प्रमिट पाएको छ । भौतिक पुर्बाधार तथा यातायात मन्त्रालय यातायाता ब्यबस्था बिभागको परिपत्र अनुसार सो कुरा उल्लेख गरिएको छ । बाजुरा बासीले ५ सय तिर्दै आएकाले अबदेखी १ सय ६५मा मार्तडी देखी साफेसम्म जान पाउने भएका छन् । अबदेखी साफे मार्तडी सडक खण्डले रुट प्रमीट पाएसंगै सस्तो दरमा यात्रुहरु जान पाउने भएका छन् ।
ब्यबसायीले यस अगि साफेँ मार्तडी सडक खण्डको सदरमुकाम मार्तडीसम्म बस भाडा ५ सय रुपैया असुल्दै आएका थिए । उक्त ठाउँको दुरी जम्मा ५७ किलोमीटर मात्र रहेको छ ।

बस व्यवसायीहरुको यो मनपरिलाई मध्यनजर गर्दै यातायात ब्यबस्था बिभिगले उक्त सडक कालोपत्रे भएको २ बर्षपछी सडकको इजाजत दिएको छ ।यातायात ब्यबस्था विभागको अनुमती पाए संगै मार्तडी–साफेँ सडक खण्ड भित्र ४० सिट वा सो भन्दा कम सिट भएका यातायातका साधानहरुका लागि अनुमती दिएको छ । विभागको अनुमती विना सञ्चालित बस र जीपले मनपरी भाडा असुल्ने मात्र नभई यात्रुको लागि असुरक्षित जोखिम भए पनी बाध्यताले सवारी साधान प्रयोग गर्नुपर्ने भएको थियो अबदेखी बाजुराका लागि सहज हुने नागरिक अगुवा तुलाराम जैशीले बताउनुभयो ।

आज जिल्ला प्रशासन कार्यालय बाजुरामा आज बसेको बैठकले भोली देखी लागु हुने गरि निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । मार्तडी देखी बिचका भागहरु तिपाडा, फालासैन बाम्का बेतालमाण्डौ लगायतका बजारसम्मका सवारीका लागि पनी त्यही १ सय ६५ रुपैयको मध्यबाट भाडादर कायम गरिने बैठको निर्णय भएको प्रमुख जिल्ला अधिकारी गंगाप्रशाद न्यौपानेले बताए । भौतीक पुर्बाधार तथा यातायात मन्त्रालय यातायात ब्यबस्था बिभागको २०७६ मसिंर १७ गते बसेको बैठकले बाजुरा जिल्लामा पर्ने साफे मार्तडी सडक खण्डको ५५ किलोमीटर सडक र औसतमा ५ दशमलव ५ मीटर चौडाई भएको सडकमा १ सय ६५ भाडादर कायम गरि पठाएको जिल्ला प्रशासन कार्यालय बाजुराले बताएको छ ।

साफेदेखी बार्जुगाडी सम्म करिव ५ बर्ष अगाडी कालोपत्रे भइसकेको र बार्जुगाड देखी सदरमुकाम मार्तडी सुन्य पोइन्ट सम्म पिच भएको ३ बर्ष पुगेको छ । धेरै बर्ष सम्म सास्ती खेप्दै आएका बाजुराबासीका लागि अबदेखी सहज हुने भएको छ । यस अघि बाजुरा बासीले धनगढी सम्म १ हजार २ सय भाडा तिर्दै आएकोमा अब देखी ८ सय ६५ मा प्रदेश राजधानी धनगडी पुगिने भएको छ । मार्तडी देखी धनगडी सम्म ३ सय २३ किलाेमिटर सडकखण्ड रहेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार