बम बिस्फोट परी १० जनाको मृत्यु

  मूलधार सम्वादाता  494 पटक हेरिएको

काबुल-  अफगानिस्तानको काबुलमा आत्मघाती बिस्फोट हुँदा १० जनाको मृत्यु भएको छ ।

काबुलस्थित एक गुप्तचर निकायको कार्यालय परिसरमा गराइएको विस्फोटमा तीन जना घाइते भएका छन् ।

पैदलै हिँडेर आएका अज्ञात ब्यक्तिले गुप्तचर निकायका कर्मचारीलाई लक्षित गरी आत्मघाती बिस्फोट गराएको अधिकारीहरुले बताएका छन् ।

अफगानिस्तानमा अघिल्लो महिना भएको तालिवानी आक्रमणमा दुई सय भन्दा बढी मारिएका थिए । गत मे मा मात्रै कुटनीतिक नियोगका कर्मचारीको आवासमा गराइएको बिस्फोटमा १ सय ५० जना मारिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार