बधाइ छ अनुपमा

  मूलधारपोष्ट  334 पटक हेरिएको

उदयपुरकी अनुपमा मगरले १३औँ साग अन्तरगत बुधबार कराँतेमा स्वर्ण पदक जितेकी छन् । उनी माओवादी सशस्त्र विद्रोहमा सहभागी भएकी थिइन् । शसस्त्र संघर्षको अन्त्यसँगै उनी छैटौं राष्ट्रिय खेलकुदमा तत्कालीन माओवादी जनसेनाको पिएलए क्लबबाट सहभागीता जनाएकी थिइन् ।

छैठौँ राष्ट्रिय खेलकुदमा कास्य पदक जितेकी उनी सातौं र आठौं राष्ट्रिय खेलकुद भने नेपाल पुलिस क्लबबाट खेलिन् । सातौंमा काश्य जितेकी उनले आठौंमा स्वर्ण जितेकी थिइन् ।

सिद्धार्थ बनस्थली एकेडेमीमा प्रशिक्षकको भूमिकामा समेत रहेकी उनले १३औं सागमा स्वर्ण जित्न सफल भएकी छन् । ६८ केजीमाथि प्रतिस्पर्धा गरेकी अनुपमाले पाकिस्तानी खेलाडी नगरिसलाई ६-३ को स्कोरमा हराइन् ।

त्यस्तै १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुको थाउलो नानगुनमा नेपालका दिपक हमालले स्वर्ण जितेको छ । सागको तेस्रो दिन भएको फाइनल खेलमा भारका साजन लामालाई पराजित गर्दै स्वर्ण पदक हात पारेका हुन् । उनले १९.३२ स्कोर गरेका थिए । भारतका साजन लामाले कास्य तथा बंगलादेशका अमीर हुसेनले कास्य जिते । साजनले १९.१२ र आमिरले १७.१८ अंक जोडेका थिए ।

त्यस्तै १३ औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत साइक्लिङमा नेपालले दुई स्वर्ण पदक हात पारेको छ । गोर्कणस्थित शहीद पार्कमा बुधबार भएको डाउनहिलको पुरुषतर्फ राजेश मगर र महिलामा निश्मा श्रेष्ठले नेपाललार्इ स्वर्ण पदक दिलाए ।

सोही स्पर्धामा पुरुषतर्फ नेपालका निरभ श्रेष्ठले रजत पदक जिते भने महिलातर्फ नेपालकी जमुना थापाले रजतपदक हात पारिन् । दक्षिण एशियाली खेलकूदको साइक्लिङमा नेपालले पहिलोपटक स्वर्ण पदक जितेको हो । यससँगै नेपालले सागमा प्राप्त गरेको स्वर्णको संख्या २७ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार