बाजुराकी चेली दक्षिण एसियाली खेलकुदमा सहभागि

  मुलधारपोष्ट  332 पटक हेरिएको

बाजुरा । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा बाजुराका दुई जना चेलीले भाग लिएका छन् । नेपालको तर्फबाट बडिमालिका नगरपालिका ८ घर भएकी पुनम रावल र खप्तड छेडेदह गाँउपालिका २ कि रमा सिहंले दक्षिण एसियाली खेलकुदमा भाग लिएकी हुन् । रमा र पुनम दुबै नेपाली सेनामा कार्यरत रहेकी छन् ।

पुनम रावल महिला ६४ केजी बक्सीङ्गमा प्रतिस्पर्धा गर्ने छन् भने रमा सिंह फेन्सीङ्ग खेलमा प्रतिस्पर्धा गर्ने भएकी छन् । दुबै जना पदक जित्ने साहसका साथ मैदानमा उत्रिने आत्मबल बनाएका छन् । दुबैले अन्र्तराष्ट्रिय स्तरका खेल पनि खेलिसकेका छन् । रमाले वल्ड च्यान्पेन्सिङ्ग जर्मन र सिपु वपोन च्यान्पेसिङ्ग थाइल्यान्डमा गएर खेलिसकेको बताएका छन् । बिदेश खेल्दा भन्दा स्वदेशमा निकै साहस बढ्ने र नेपाली खेल प्रेमीको समर्थनले उत्साह बढ्ने उनीहरुको विश्वास छ ।

पुनम रावलले भारत, चिन, थाइल्यान्ड, इन्डोनेसिया भेतनाम गएर खेलिसकेकी छन् । भारतमा खेल्दा उनी तेस्रो भएकी थिईन् । ५ बर्ष देखी नेपाली सेनामा कार्यरत पुनम र रमा अमल्दार पदमा कार्यरत रहेकी छन् । सामान्य परिवारमा जन्मीएर बाजुराबाट साग स्तरीय खेल खेल्ने निर्मला भारती पछि पुनम र रमा नै हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार