नेपाल टेलिकमको बिद्युत लाईन काटियो

 359 पटक हेरिएको

संखुवासभा-  बिद्युत महशुल बुझाउन नमानेपछि नेपाल टेलिकम शाखा खाँदबारीको  को छ ।

टेलिकमले गएको भाद्र महिना देखि हालसम्मको नपाल बिद्युत प्राधिकरणलाई बुझाउन पर्ने बिद्युत महसुल बुझाउन नसक्दा बिद्युल लाईन काट्न बाध्य भएको बिद्युत प्राधिकरण शाखा खाँदबारीले जनाएको छ ।

प्राधिकरणका निमित्त प्रमुख राजन राईका अनुशार टेलिकमले बुझाउन पर्ने २ लाख ७७ हजार बुझाउन पटक पटक ताकेता गर्दा समेत टेलीकम प्रमुख भिम बहादुर कटुवालले बारम्बार ढाँट्ने, बेवास्ता गर्ने गरेकाले गरेकाले बिद्युत लाईन काट्न बाध्यहुनुपरेको बताएका छन् ।

बिद्युत लाईन काटिएपछि जेनेरेटर मार्फत टेलिकमले आफ्नो सेवा सुचारु गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार