६० लाख भन्दाबढीको बाजुराको स्याउ बिक्री

  मुलधारपोष्ट  202 पटक हेरिएको

बाजुरा । यो वर्ष बाजुरामा ६० लाख भन्दाबढीको स्याउको कारोबार भएको छ ।  हरेक बर्ष स्याउ बिक्री नहुँदा सधै चिन्तित् हुँदै आएका बाजुराका स्याउन किसानले यो वर्ष भने ६० लाख भन्दाबढी रुपियाँको स्याउको कारोवार गरेका छन् । बाजुराको पूविउत्तर क्षेत्रमा का जगनाथ, स्वामिकार्तिक, गाउँपालिका र बुढिनन्दा नगरपालिकाका कृषकले उत्पादन गर्दै आएको स्याउलाई कृषि कृषि ज्ञान केन्द्र बाजुराले ढुवानी अनुदानको व्यवस्था गरेपछि स्याउ विक्रि भएका हुन ।

एउटा कन्ट्रकसन् प्रालिले उनीहरुकै स्याउ बारीबाट प्रतिकिलो २५ रुपिँयाका दरले खरिद गर्दै देशका विभिन्न सहरमा लिएर बिक्री भएपछि यो वर्ष बाजुराबाट करिब ६० लाख भन्दाबढीको स्याउको कारोबार भएको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मीन प्रशाद जैशीले बताउनु भयो ।  हिमाली गाउँपालिका ६ का स्याउ कृषक प्रेमकली रावतले भन्नु भयो , स्याउ पाकेर बोटमै सड्ने र गाई भैँसीलाई खुवाउने गर्दथ्यौँ, यो वर्षमा भने कृषि ज्ञान केन्द्र बाजुराले स्याउ ढुवानी अनुदानको व्यवस्था मिलाइ दिएको हुनाले अनुसा कन्ट्रकसन प्रालिले स्याउवारीमै आएर खरिद गर्दा गाउँमै ३० लाख भन्दाबढिको आम्दानी भएको बताउनुभयो ।

कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मीन प्रशाद जैशीले भन्नुभयो, बाजुराको पूर्विउत्तर क्षेत्रका स्याउ किसानको उत्पादन गरेको स्याउ सधै बारीमै खेर जाने हुँदा स्याउ किसान मर्कापर्दै आएकोले यो वर्ष बाजुराका स्याउलाई देशका विभिन्न सहरमा पहिचान र स्याउ किसानको पनि आम्दानी हुने उद्देश्यले कृषि ज्ञान केन्द्र बाजुराले ढुवानी अनुदानको व्यवस्था मिलाईएपछि जिल्लामा रहेको कन्ट्रकसन प्रालिले उनीहरुकै स्याउवारीमै गएर प्रतिकिलोको २५ रुपिँयाका दरले स्याउ खरिद गरि मार्तडीमा स्थापना भएको कोेसेलीघरमा जम्मा गर्दै याहाँबाट देशका विभिन्न सहरमा पु¥याएपछि ६० लाख भन्दा बढी यो वर्षमा स्याउको कारोबार भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, यो वर्षमा मात्र देशका मुख्य सहर काठमाण्डौ, चीतवन, नेपालगङ्जमा ६० र धनगढी १०० क्विन्टल बाजुराको अर्गानिक स्याउ बिक्री गर्न सकेको बताउनु भयो । व्यापारी सहर धनगढीबाट बाजुरामा ल्याउने स्याउको प्रतिकिलो १५० र बाजुरामै उत्पादन गरेको अर्गानिक स्याउको प्रतिकिलोको ८५ रुयिँयामा बिक्री भएको सुचना अधिकारी जैशीले बताउनुभयो । यो वर्षमा जिल्ला भर १३ क्विन्टल भन्दाबढी स्याउ उत्पादन भएपनि ७ सय क्विन्टल मात्र जिल्ला भन्दा बाहिर बिक्री गर्न सकिएको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मीन प्रशाद जैशीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार