जब रि’त्तो भाँडा बोकेर गरिब बालिका कक्षाकोठामा चियाइरहे

  पत्रपत्रिका खबर  387 पटक हेरिएको

एजेन्सी । एउटा कक्षाकोठामा चियाइरहेकी बालिकाको तस्बिरले भारतमा ठूलो चर्चा र आ’क्रोश उत्पन्न भएपछि हैदराबादकी ती पाँच वर्षीया बालिकालाई विद्यालयमा भर्ना गरिएको छ। तर त्यो तस्बिरले वास्तविकताको पूर्ण चित्रण नगरेको खुलेको छ। बीबीसी तेलुगूकी दीप्ति बथिनीको यो रिपोर्ट –दिव्या झुप्राझुप्री भएको बस्तीमा बस्छिन् र त्यहाँ अहिले उनलाई सबैले चिन्छन्।

लजालु स्वभावकी यी पाँच वर्षीया बालिका रि’त्तो भाँडा बोकेर एउटा स्थानीय सरकारी विद्यालयको कक्षाकोठाबाहिर उभिएर भित्र चियाइरहेको तस्बिर इन्टरनेटमा भा’इरल भएको थियो। उक्त मन छुने तस्बिर ‘भोको हेराइ’ क्याप्शन दिएर एउटा स्थानीय पत्रिकाले नोभेम्बर ७ मा छापेको थियो। उक्त तस्बिर यति प्रभावशाली थियो कि भोलिपल्टै दिव्यालाई उक्त विद्यालयले भर्ना गर्‍यो।

तर ती बालिकाका पिता एम लक्ष्मणले उक्त तस्बिर र त्यसपछि उत्पन्न आ’क्रोशले आफू र कुचीकारको रूपमा काम गर्ने आफ्नी पत्नीको भूमिकालाई उपेक्षा गरेको गु’नासो गरेका छन्। “उक्त तस्बिर देखेपछि मलाई दु:ख लाग्यो,” उनले बीबीसीसँग भने, “दिव्याका अभिभावक हामी हौँ र हामी अहिले पनि उनको राम्रो भविष्यका लागि निक्कै मेहनत गरिरहेका छौँ। तर उनलाई टु’हुरी र खान नपाएकी बालिकाका रूपमा चित्रण गरियो।”

अन्य दुई छोरी बढ्न बसेको छात्रावासमा छ वर्ष पुगेपछि दिव्यालाई पनि भर्ना गरिदिन आफूले चाहेको उनले बताए। यो दम्पतीका अर्का जेठा छोरा पनि छन्। विद्यालयस्तरीय शिक्षा पूरा गरेर अहिले उनी कलेजमा भर्ना हुन आवेदन दिइरहेका छन्। लक्ष्मण जीविकोपार्जनका लागि पत्रु सामान सङ्कलन गर्छन् र बेच्छन् । छोराले पनि उनलाई त्यो काममा सघाउँछन्। गरिबीको चक्र दिव्याको परिवार हैदराबादको केन्द्रमा अवसथित एउटा गरिब बस्तीमा बस्दै आएको छ।

बस्तीभन्दा सय मिटरपर एउटा सरकारी विद्यालय छ। त्यहीँ दिव्याको तस्बिर खिचिएको थियो। बस्तीमा झन्डै ३०० परिवारको बसोबास छ। त्यहाँका अधिकांश वयस्कहरू दैनिक ज्यालादारीमा काम गर्छन् भने बालबालिका नजिकैको विद्यालयमा पढ्न जान्छन्। लक्ष्मण र उनकी पत्नी मासिक भारु १० हजारजति कमाउँछन्। त्यसबाट उनीहरूले परिवारका लागि आवश्यक खानेकुरा र लत्ताकपडाको जोहो गर्छन्। सरकारी विद्यालयमा केटाकेटीका लागि शिक्षा भने नि:शुल्क छ।

टु’हुरा लक्ष्मणलाई स’ङ्घर्ष भनेको के हो राम्ररी थाहा छ। उनले जीविकोपार्जनका लागि सधैँ स’ङ्घर्ष गरे। उनी भन्छन्, “मेरा सन्तानले मेरोजस्तो जीवन कहिल्यै भोग्नुनपरोस् भन्ने मेरो इच्छा छ। त्यही भएर मैले उनीहरू सबैलाई जसरी पनि विद्यालय पठाइरहेँ।”“मेरा भाइबुहारीको केही समय पहिले निधन भयो। म उनीहरूका सन्तान टु’हुरा भएर हुर्किऊन् भन्ने चाहन्नँ। मैले उनीहरू सबैलाई छात्रावासमा भर्ना गरिदिएँ र उनीहरूको हेरविचार गरिरहेको छु।”

उसोभए दिव्या खाली भाँडा लिएर सरकारी विद्यालय किन गइन् त ? यो प्रश्नको उत्तर दिँदै लक्ष्मण भन्छन्, “बस्तीका धेरै कलिला बालबालिका विद्यालयले अपराह्ण वितरण गर्ने नि:शुल्क खाजा पाउने आशामा त्यसरी जाने गर्छन्।” विद्यालयमा पढ्ने आफ्ना दाजुदिदीबाट खाजाबारे उनीहरूले थाहा पाउने लक्ष्मणको भनाइ छ। भारत सरकारले घोषणा गरेको कार्यक्रमअन्तर्गत १० लाखभन्दा बढी विद्यालयमा नि:शुल्क खाजाको व्यवस्था गरिएको छ।उनले भने, “दिव्या सधैँ त्यहाँ जान्न थिइन्। तर त्यो दिन उनी त्यहाँ गइन् र कसैले उनको तस्बिर खिच्यो।”

लक्ष्मणको भनाइलाई विद्यालयका शिक्षकहरूले पुष्टि गरेका छन्। उनीहरूका अनुसार केही विद्यार्थीहरूले घरबाटै खाजा ल्याएकाले बाँकी भएको खाजा विद्यालयमा भर्ना नभएका अन्य बालबालिकालाई बाँडिएको थियो। लक्ष्मण र उनका छिमेकीहरू आफ्नो बस्तीमा सरकारले दिवासेवा केन्द्र सञ्चालन नगरेकाले समस्या भएको बताउँछन्। त्यस्तो केन्द्र नहुँदा बालबच्चालाई त्यसै घरमा छाडेर अभिभावकहरू काममा जानुपर्ने बाध्यता रहेको अभिभावकहरूको गुनासो छ।

एक स्थानीय विद्यालय निरीक्षक एसयू शिवराम प्रसादले दिव्याको तस्बिरले ध्यानाकर्षण गराएकाले त्यस्तो केन्द्र स्थापना गर्ने प्रक्रियालाई गति दिन सक्ने आफूले अपेक्षा गरेको बताए। उनले भने, “यसले परिवारलाई पनि सहयोग पुर्‍याउँछ र बच्चाहरूले पोषणयुक्त खानेकुरा खान पाउँछन्।”विद्यालयका शिक्षकहरूले सञ्चारमाध्यमले दिएको प्राथमिकतापछि विद्यालयको पूर्वाधारमा सुधार हुने अपेक्षा राखेको बताएका छन्। उनीहरूका अनुसार विद्यालयमा शिक्षक एवम् पठनपाठनका लागि आवश्यक सामग्रीको अभाव रहेको छ।

विद्यालयवरिपरि पर्खाल नहुँदा खाजा खाने समयमा विद्यार्थीहरू भाग्ने हुन् कि भनेर नियमित निगरानी गर्नुपर्ने अवस्था छ।
विद्यालय जान पाएकोमा दिव्या प्रसन्न देखिन्छिन्। उनी जहाँ जाँदा पनि आफ्नो विद्यालयको झोला लिएरै हिँड्छिन्। नाम सोध्दाबाहेक अरू प्रश्नको उनी खासै उत्तर दिन्नन्। आफ्नी छोरीको हातमा चुम्बन गर्दै लक्ष्मणले भने, “उनी एकदम शान्त स्वभावकी छिन्।”जेसुकै भए पनि उक्त तस्बिरले केही राम्रो गरेको उनले सुनाए।अहिले दिव्याको उमेरका अन्य बालबालिका पनि विद्यालयमा भर्ना हुन थालेका छन्। त्यही भएर यसबाट म खुसी छु।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार