
निशाना लाग्दैन गतिलो तिर नभएपछि ।
मुडो ताके घुँडो फुटछ माहिर नभएपछि ॥
कृषि पेशा बाट नै बुबाले पहिचान बनाए
छोराले हलो फेकिदियो अमिर नभएपछि ।
हिजोको भरिभराउ गाउँ आज उजाड छ
कुल देवता नै भागेछन मन्दिर नभएपछि ।
सबै बुझेर पनि बाध्य छु राहदानी बनाउन
विदेश विकल्प देखियो जागिर नभएपछि ॥
जय ओलि( बजुरेल कान्छो)
खप्तड छेडेदह गाउँ पालिका ७ओलिगाउ ।