डाक्टरले नै मृत्यु घोषणा गरिएको व्यक्ति ब्युँझिएपछि, ….

  मूलधार सम्वादाता  428 पटक हेरिएको

इटहरी-  इटहरीमा मृत्यु घोषणा गरिएको व्यक्ति ब्युँझिएको अपत्यारिलो घटना भएको छ । इटहरी उप–महानगरपालिका–१९ बस्ने ३२ बर्षीय इन्द्र गिरीको मृत्यु भएको भन्दै अस्पतालले ‘डेथ सर्टिफिकेट’ बनाउँदै गर्दा उनी चलमलाएका हुन् ।

३ पुसमा झुण्डिएर आत्महत्या गर्ने प्रयास गरेका उनलाई तत्काल परिवारले धरानस्थित विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको लागि लगेको थियो । अस्पताल पुराउँदा उनी जीवनको अन्तिम अवस्थातिर पुगिसकेका थिए । तर, त्यहाँ आईसियुको अभावका कारण धरानबाट बिराटनगरस्थित लाईफ गार्डमा रेफर गरियो । त्यहाँ लगेर उपचार सुरु भयो ।

तर, अस्पतालले एक रात उपचार गरेपछि उिनलाई मृतक घोषणा गर्यो । अस्पताल ‘डेथ सर्टिफिकेट’ बनाउन लाग्यो । तर, यही क्रममा एक डाक्टरले अचानक उनको ‘पल्स’ चलिरहेको महसुस गरे । त्यसपछि पुनः उनलाई चिकित्सको सल्लाहअनुसार बिराटनगरकै नोबेल मेडिकल कलेजमा रेफर गरियो । नोबेलका बिशेषज्ञ चिकित्सको परामर्शबाट गिरीको उपचार सुरु भयो । क्रमशः चमत्कारीक रुपमा उनको अवस्थामा सुधार देखियो । बुधबार अस्पतालले उनलाई घर फर्काइदिइसकेको छ ।

श्रीमानको मृत्युको खबरसँगै बेहोस भएकी श्रीमती चन्द्रा गिरी पनि अहिले सही अवस्थामा फर्किएकी छिन् । चन्द्राकाअनुसार श्रीमानले इन्द्र अहिले खाना खान थालेका छन् । श्रोत एभरेष्ट दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार