गोरखामा यस्तो अवस्थामा भेटिएकी महिलाको उपचारको क्रममा मृत्यु, पहिचानको लागि सबैले शेएर गराैं

  मूलधार सम्वादाता  565 पटक हेरिएको

गोरखा-  गोरखा नगर्पालिका वडा नं. ६ हरमटारी चोकमा बेवारिसे अवस्थामा भेटिएकी महिलाको उपचारको क्रममा निधन भएको छ । नामथर वतन नखुलेकी महिला अचेत अवस्थामा फेला परेकी उनको जिल्ला अस्पताल गोरखामा उपचारको क्रममा निजको निधन भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव निरिक्षक रोशन थापाले बताए ।

विहिबार दिउँसो अचेत अवस्थामा फेला पारी गोरखा जिल्ला अस्पताल गोरखामा उपचारको क्रममा निजको शनिबार निधन भएको हो ।

अन्दाजी २५ वर्षीय बर्ण गहुंगोरो, उंचाई ५’-२”, खैरो टिसर्ट, सेतो र कालो मिसिएको बुट्टे लुङ्गी, रातो ठुलो पोते उनेको माला लगाएको, मझौला शरिर भएकि नामथर वतन नखुलेको अन्दाजी बर्ष २५/३० को देखिने महिला रहेको रोशन थापाले बताए ।

जिल्ला प्रहरी कार्यालय गोरखाले बेवारिसे मृतक महिलाको शव सनाखतको लागी मृतकको आफन्त तथा अभिभावकहरुको खोजतालासको लागी आवश्यक पहल गरि दिनुहुन अनुरोधसमेत गतेको छ । श्रोत लिगलिग खबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार