ए भारत तैंले साच्चै यतिखेर गल्ती गरेको छस्

  गजल  273 पटक हेरिएको

ए भारत तैंले साच्चै यतिखेर,गल्ती गरेको छस्।
अाँगो लाई परालले छोपेर, गल्ती गरेको छस्।।

वीर गोरखालिका सन्तान हाै कहिलै झुक्दैनउ ।
हाम्रो जन्मभुमिलाई खोसेर,गल्ती गरेको छस्।।

तैंले लड्न लाई त युद्ध भुमिमा भिड्नु पर्छ ।
लुकि लुकि भारत मै बसेर, गल्ती गरेको छस्।।

हिटलर लाई हिट्लर समयले बनाएको हो ।
तैंले हामीलाई कमजोर सम्झेर,गल्ती गरेको छस्।।

बलको अाधारमा हाम्रो भुमिलाई खोस्न पाउदैनस् ।
तिखो माँडालाई पाउँले कुल्चेर,गल्ती गरेको छस् ।।
वीर पुर्खा का सन्तान, जिउदा सेर हाैं, हेर भारत ।

हिक्मत थापा(हिकु) त्रिबेणि नगरपालिका ९ पैमा बाजुरा ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार