चलाउछु दैनिकि गुजारा यहि रोटी पकाएर

  गजल  286 पटक हेरिएको

चलाउछु दैनिकि गुजारा यहि रोटी पकाएर ।
बन्छु बा,आमाको सहारा यहि रोटि पकाएर ।।

बिरानो त्यो परदेशमा जानू भन्दा स्वदेशमै ।
बगाउछु पसिनाको धारा यहि रोटि पकाएर ।।
झिनो मसिनो होइन मेरि प्रियसिको लागि ।
झारिदिन्छु नौलाखे तारा यहि रोटि पकाएर ।।

अनपढ भए पनि कुनै दिन देखाएर कला ।
छक्कै पार्छु दुनियाँ् सारा यहि रोटि पकाएर ।।

आज म एउटा मजदुर छु तर भोली देशको ।।
बन्न पनि सक्छु अभिभारा यहि रोटि पकाएर ।।
जय ओलि (बजुरेल कान्छो )काठमाडौ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार