रोकिएन सीमा नाकामा भारतको हस्तक्षेप र दा;दागिरी

  पत्रपत्रिका खबर  142 पटक हेरिएको

काठमाडाै‌ । देशकै पर्यटकीय गन्तव्य मानिएको इलामको सन्दकपुरमा सन्दकपुर गाउँपालिकाले निर्माण गर्न थालेको भ्युटावर निर्माणमा भारतीय सुरक्षा निकाय (एसएसबी)ले रोक लगाएको छ ।

यहाँ भ्युटावर बन्दै गरेको जग्गा नेपालकै हो तर, एसएसबीले आफ्नो भन्दै रोक लगाएपछि भारतीय हस्तक्षेपले सिमा नागेको हो ।
सन्दकपुरलगायत विभिन्न स्थानमा भारतीय पक्षले पनि सीमा क्षेत्रमा संरचना बनाइरहेको छ । यो समाचार आजको राजधानी दैनिकमा भगीरथ भण्डारीले लेखेका छन् ।

त्यस्तै मुलुकको ऐतिहासिक, संस्कृतिक तथा राजनीतिक परिवर्तनको साक्षी बनेको टुँडिखेल लगातारको अतिक्रमणका कारण साँघुरिँदै गएको छ । काठमाडौँको मध्य भागमा ठूलो क्षेत्रमा फैलिएको खुला स्थान सरकारी निकायकै उदासिनताका कारण एकपछि अर्को अतिक्रमणको चपेटामा पर्दै आएको हो ।

जसका कारण टुँडिखेल साँघुरिँदै जान थालेको छ । ऐतिहासिक तथा सामरिक महत्व बोकेको टुँडिखेल साँघुरिँदै जना थालेपछि काठमाडौँ उपत्यका निसासिने अवस्थामा पुगेको छ ।

संरक्षण अभियन्ताहरु टुँडिखेललाई प्राकृतिक फोक्सोका रुपमा लिन्छन् । यो समचार आजको राजधानी दैनिकमा केशवप्रसाद पाण्डेले लेखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार