केन्द्रीय सदस्य चुडामणी ओली सहित १६ जना विप्ल’व कार्यकर्ता प्रका’उ

  मूलधारपाेष्ट  132 पटक हेरिएको

बाजुरा । नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चुडामणी ओली आदर्श’सहित १६ नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । जिल्लाको गौमुल गाउँपालिका(।३ माझपालीबाट शुक्रबार दिउँसो रोल्पा जिल्ला गंगादेव गाउँपालिका(३ जिनावाङ घर भएका विप्लव नेकपाका केन्द्रीय सदस्य चुडामणि ओलीसहित १६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभएको छ ।

ओलीलाई गत बैशाख ६ गते सांगठनिक कामको शिलसिलामा खटिरहेका बेला तुलसीपुर उपमहानगरपालिका–३ स्थित राम्रीबाट पक्राउ गरेको थियो । उनलाई संगठित अपराध, विष्फोट, हा’तह’तियार तथा खर’खजना र राजद्रोहको अभियोग लगाइएको थियो । बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रहरीले लगाएको आरोप पुष्ट नभएको भन्दै ओलीलाई गत जेठ २४ गते रिहा गर्न आदेश दिएको थियो ।

रिहा लगतै उनलाई पुनः पक्राउ गरेर सुनसरी लागिएको थियो । ओलीलाई सुनसरी जिल्ला अदालतले गत असार २४ गते साधारण तारिकमा रिहा गरेको थियो । बाजुरा त्रिबेणी नगरपालिका–२ छतारा घर भएका जिल्ला कमिटि सदस्य डम्म सुनार रहेका छन् । त्यस्तै प्रक्राउ पर्नेमा अछाम जिल्ला ढकारी गाउँपालिका २ बस्ने २४ कर्षका नरेश शाही, कैलाली घोडाघोडी – १ बस्ने २८ बर्षका दिपक प्रकाश सुनार, बाजुरा हिमाली गाउँपालिका १ का अमलाल थापा, सोही ठाँउका धर्म बहादुर थापासमेत प्रकाउ परेका छन् ।

त्यस्तै अछाम बिनायक नगरपालिका– ८ का उदय कसेरा सोही नगरपालिका २ का राजेश कुमार शाही, अछाम तुर्माखाद गाँउपालिका ७ का डबल बहादुर नेपाली, बाजुरा हिमाली गाँउपालिका १ का धरम सिं बोहारा, बाजुराको स्वामिकार्तिक १ की कुस्मा विक, अस्मीता विक, सुस्मिता विक, अछामको ढकारी –२ बस्ने कमला बिक र बझाङ्ग मष्टा गाँउपालिका १ बस्ने सृष्टि सिंह रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रक्राउ परेका १६ जना मध्य १४ जना विप्लव समुहका साधारण सदस्य र एक जना जना केन्द्रिय कमिटि सदस्य, एक जना जिल्ला कमिटी सदस्य रहेको प्रहरीले जनाएको छ । यी सबैलाई बझाङ्ग जिल्ला बाट बाजुरा तिर आउदै गर्दा प्रहरीले समातेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । बाजुराबाट यस अघिपनी १६ बढी बिप्लवका नेता तथा कार्यकर्ता प्रक्राउ परिसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार