नेपाल-भारतको सीमामा काँडे तार लगाउनुपर्छ-तपाई सहमत हुनुहुन्छ शेयर गर्नुहोस

  पत्रपत्रिका खबर  275 पटक हेरिएको

सीमाविद बुद्धिनारायण श्रेष्ठले नेपाल-भारत सीमानामा काँडे तार लगाउनु पर्ने बताएका छन्। ‘नेपालको अन्तराष्ट्रिय सीमा नियमन, खुल्ला सीमाना : अवसर र चुनौती’ विषयक कार्यक्रममा नापी विभाग पूर्व महानिर्देशक समेत रहेका श्रेष्ठले १०/१५ वर्षभित्र नेपाल–भारतको सिमानामा काँडे तार लगाएर नियमन गर्नु पर्ने बताएका हुन्। उनले नेपाल भारतको सीमा खुलामात्र नरहेर हवाङै रहेको बताए। उनले खुला सीमाका कारण मुलुकमा अ’पराध, ला’गुप’दार्थ ओ’सारपसार, त’स्करी, मा’नवबे’चविखन बढेको बताएका छन्। उनले खुला सीमा अवाच्छित तत्वले दुरुपयोग गरिरहेको बताए। खुला सीमानाका का’रण नै आं’तक भित्रिने ख’तरासमेत त्यतिकै रहेको उनको ठहर छ।

सीमा नियमनमा ढिलाइ गर्नु जोखिमपूर्ण रहेको उनको भनाइ छ। उनले नेपालबाटै भारतीय वि’मान अपहरणको प्रसंग कोट्याउदै ठूलो दु*र्घटना नभएसम्म सीमा नियमन कसैको ध्यान नगएको बताएका छन्। ‘सीमा खुला छा’ड्नु हुदैन, यसले स्लामिक आं*तकवादी समेत आउन सक्छन्’, उनले भने, ‘हवाई अ*पहरण जस्तो ठूलो घ*टना पर्खिनु हुँदैन, छिटो नियमन गर्नु पर्छ।’ उनले सीमामा सीसीटिभी राखेर सर्वप्रथम परिचय–पत्र व्यवस्था गर्नु पर्ने बताएका छन्।

उनले नेपाल भारतको सीमा सु’रक्षाको दृष्टिकोणले समेत संवेदशील रहेको बताएका छन्। नेपालका लागि पूर्व भारतीय राजदुत दीपकुमार उपाध्ययले सीमा नियमन आवश्यक रहेको बताएका छन्। उनले समय सापेक्ष नियमन गर्नु पर्ने बताउँदै अन्तराष्ट्रिय नियम कानुन मिचेर सीमा सडक, बाँध लगायतका संरचना भारतले बताइरहेको बताए। स्वतन्त्र युवा प्रजातान्त्रिक संघद्वारा आयोजित कार्यक्रममा पूर्वराजदुत प्रद्युनविक्रम शाह, विजयकान्त कर्ण र सीमाविद डा. उद्धव प्याकुरेल, इन्द्रकुमारी अधिकारीले नेपाल भारतको सीमालाई खुला राख्नु पर्ने बताएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार