ल’भको ल’फडा…

  पत्रपत्रिका खबर  617 पटक हेरिएको

वर्षा शिवाकोटी हुनसम्मको तनावमा छिन्। एक त फिल्म चलिरहेका छैनन्, त्यसमाथि प्रेमीको लफडा। जगजाहेर छ, वर्षा निर्देशक मिलन चाम्ससँग गहिरै प्रेममा परेकी थिइन्। ‘वीरविक्रम २’ गर्दाताका झाँगिएको दुवैको मित्रता प्रेममा परिणत भएको थियो। एक समय ‘मिलन र वर्षाले विवाह गर्ने रे’ भन्ने सम्मका खबर आउन थालेका थिए।

तिहारअघि भएको सो घटनामा वर्षा बाउन्सरको सहायतामा फुत्किएर घर गएकी थिइन्। उनी आजभोलि फिल्मविहीन छन्। ‘लक्का जवान’ यता उनले अर्को कुनै फिल्म साइन गरेको खबर छैन। एक त अभिनयको गाडी राम्ररी दौडिएको छैन, अर्कोतिर लभको लफडा। यस्तोमा तनाव नभए के होस् त ?

तर, दशैँपछि वर्षाले अमेरिकामा नयाँ प्रेमी सार्वजनिक गरिदिएर मिलनलाई मात्र होइन, दुवैको प्रेमसँग परिचितलाई समेत सरप्राइज दिइन्। तर, यही उद्घाटन वर्षालाई भारी परेको खबर छ। उनले नयाँ प्रेमी सार्वजनिक गरेसँगै मिलन वर्षासँग रिसाएको खबर छ। स्रोत भन्छ– मिलनले वर्षालाई नाइट क्लब एलओडीमा झण्डै हातपात गरेको खबर सम्पूर्ण साप्ताहिक खबरमा समाचार छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार