प्रथम आलु महोत्सव आजदेखी सूरू

  मुलधारपोष्ट  146 पटक हेरिएको

बाजुरा । जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ७ ढम्कनेमा पहिलो पटक हुन लागेको आलु महोत्सव आजदेखी सूरू भएको छ । कार्तिक २० गते देखि २२ गते सम्म संचालन हुने उक्त महोत्सवको उद्धघाटन सुदूरपश्चिम प्रदेशका कृषि मन्त्री विना चौधरीले गरेकाे आयोजकले जनाएको छ । ढम्कने कृषि सहकारी संस्थाको आयोजना र बडीमालिका नगरपालिका र कृषि ज्ञान केन्द्र बाजुराको समन्वयमा पहिलो पटक ढम्कनेमा अाज बिषेश कार्यक्रमका बिच उद्धघाटन गरिएकाे ढम्कनेबाट बल बहादुर राेकायाले जानकारी दिएका छन् ।

स्थानीय कृषकहरुलाई आलु खेतीको उत्पादनकत्वमा वृद्धी तथा व्यवसायिकतामा सहयोग पुर्याउने उद्देश्यले पहिलो पटक आलु महोत्सवको आयोजना गरिएको हो ।कार्तिक २० गतेबाट संचालन भएकाे उक्त महोत्सवमा बिभिन्न स्थानीय देउडा रािष्टिय तथा स्थानीय कलाकारहरूका प्रस्तुती समेत रहेकाे अायाेजकले बताएकाे छ । पहिलो पटक पहाडी जिल्ला बाजुरा प्रवेश गरेकी मन्त्री चौधरीलाई सदरमुकाम मार्तडीमा भव्य स्वागत गरिएको गरेकाे सहकारीका अध्यक्ष नरबहादुर बिकले बताएका छन् ।

महोत्सवमा ढम्कने कृषि सहकारी संस्थाले स्थानीय स्तरमा उत्पादित आलु प्रदर्शनी आलुका ताजा तरकारीहरुको वृहत प्रदर्शनी, आलुका विभिन्न परिकारहरु प्रदर्शनी गर्नेछ भने मेलालाई भव्य रुपमा सफल पार्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुले समेत बेजोड प्रस्तुति दिने आयोजकले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार