काँग्रेस नेता प्रकाशमानले किन माग्य देउवाको राजीनामा, यस्तो छ पार्टीभित्रको विवाद

  मूलधार सम्वादाता  310 पटक हेरिएको

काठमाडाैं-  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचनमा कांग्रेस पराजयको जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्ने बताएका छन् ।

राजधानीको डिल्लीबजारमा मतदातालाई धन्यवाद दिनेक्रममा आज विहान सञ्चारकर्मीसँग कुरा नेता सिंहले पार्टी पराजयको जिम्मेवारी सभापतिले लिनुपर्ने बताएका हुन् । अन्तर्राष्ट्रिय प्रचलनमा निवार्चनमा पराजय ब्यहोरो नेतृत्वले राजीनामा दिने प्रचलन भएको भन्दै उनले नेपाली कांग्रेसमा पनि नेतृत्वले राजीनामा दिनुपर्ने आफ्नो मान्यता रहेको उनले सुनाए ।

‘राजीनामा दिने नदिने सभापति को कुरा हो । तर, इन्टरनेशनल सिस्टममा चुनाव हारेपछि तत्कालै नैतिकताका आधारमा नेतृत्वबाट राजीनामा दिने प्रचलन छ । पार्टी सभापतिले पराजयको नैतिक जिम्मेवारी दिँदै राजीनामा गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो,’ उनले भने ।

अहिलेको निर्वाचनबाट कांग्रेसमा सुधार आवश्यक छ भन्ने जनमत आएको भन्दै आफूहरु विपक्षमा बसेर जिम्मेवार, सकारात्मक विपक्षीको भुमिका निर्वाह गर्ने उनको भनाई छ । ‘अब हामी विपक्षीमै बसेर पार्टीलाई जनताको लोकप्रिय एक नम्बर पार्टीं बनाउनतिर लाग्छौं । पार्टीभित्र संगठनात्मक सुधारदेखि नेतृत्वमा विधि विधान सुधार, आवश्यक परे नेतृत्व पनि फेर्नुपर्छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार