चिकित्सक विहिन कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र

  मूलधारपाेष्ट  614 पटक हेरिएको

बाजुरा । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सक विहिन बनेको छ । स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर गणेश चौधरी समायोजन भएर गएपछि प्राथामिक स्वास्थ्य केन्द्र कोल्टी चिकित्सक विहिन बनेको हो । स्वास्थ्य केन्द्रमा डेढ महिनादेखि चिकित्सक विहिनको अवस्था छ । डाक्टर चौधरी समायोजनपछि दबरन्दी भएकै स्थानमा गएपछि अर्को आउने नआउन निश्चित छैन् । जिल्ला अस्पतालपछि बढी चाप हुने र बाजुराका चार वटा स्थानीय तह लगाएत छिमेकी जिल्ला हुम्ला, मुगुका विरामी समेत कोल्टी स्वास्थ्य केन्द्रमै उपचारका लागि आउने गरेका छन् ।

दैनिक ८० बढी विरामी उपचारका लागि आउने गरेको कार्यरत अहेश लोकेन्द्र न्यौपानेले जानकारी दिनुभएको छ । विरामी जटिल प्रकृतिका आउने गरेका छन्, तर चिकित्सक नहुँदा उनीहरु फर्किने गरेको अहेब न्यौपानेको भनाई छ । हाल हेल्थ असिष्टेन्ट ओमजंग शाही स्वास्थ्य केन्द्र इन्चार्जको भूमिकामा छन् । सामान्य चेकजाँच बाहेक अरु सुविधा रोकिएपछि विरामीलाई समस्या परेको छ । लामो समयसम्म डाक्टर नहुँदा सिंगो कोल्टी क्षेत्रकै विरामीलाई मर्का परेको स्थानिय बत्रराज उपाध्यायले बताउनुभएको छ । सामान्य समस्याका विरामीलाई पनि नेपालगञ्ज, मार्तडी रिफर गर्नु परेको छ । जसका कारण विरामीले महँगो भाडा र उपचार खर्च बेहोर्नु परेको छ । कोल्टीमा १ जना चिकित्सकको दरबन्दी छ ।

आर्थिक समस्याले रिफर गरिएका विरामी पनि स्वास्थ्य केन्द्रमै थन्कीएका छन् । कोल्टीमा चिकित्सक नहुँदा रिफर गरिएकी साप्पाटाकी अप्सरा विक बाहिर जान सकेकी छैनन् । आफन्तले आर्थिक अभाव रहेकोले उपचारका लागि अन्यन्त्र लिन नसकिने भन्दै कोल्टीमै राखेका छन् । विकलाई मार्तडी वा नेपालगञ्ज लैजान स्वास्थ्य कर्मीको सुझाव सहीत रिफर पत्र समेत दिईएको छ । प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा चिकित्सक मात्र नभएको अवस्था छैन्, दरबन्दी अनुसार स्वास्थ्य कर्मी समेत छैनन् । चिकित्सक सहित तीन जना अहेव मध्ये १ जना मात्र कार्यरत छन् । भने तीन जना अनमी मध्ये २ जना मात्र कार्यरत छन् । विरामीको अनुपातमा स्वास्थ्य कर्मीको संख्या निकै कम छ । समायोजनमा पनि आउने नआउने अत्तो पत्तो नभएको स्वास्थ्य केन्द्रले बताउने गरेको छ ।

सो क्षेत्रमा बाजुराको बिमानस्थल समेत रहेको संगै ठुला व्यापारीक केन्दर र बुढीनन्दा नगरपालिकाकै केन्द्रमा रहेको स्वास्थ्य केन्द्रप्रति नगरपालिककाले समेत कुनै वास्ता नगरेको गुनासो सर्वसाधारणको गुनासो रहेको छ । ४ वटा स्थानीय तह, हुम्ला, कालिकोट र मुगुका जनतालाई सेवा दिदै आएको स्वास्थ्य केन्द्र बारे सरकारी चासो कम देखिएको कार्यरत स्वास्थ्य कर्मीकै गुनासो छ । विरामी बाध्य भएर विमानबाट नेपालगञ्ज जान बाध्य छन् । मार्तडी आउन पनि भनेको समयमा जीप पाईदैनन् । पाएपनि रिजर्व गर्दा १० हजार बढी भाडा तिर्नु पर्ने बाध्यता विरामीका परिवारलाई छ । चिकित्सक ल्याउने पहल भईरहेको बुढीनन्दा नगरपालिका नगर उपप्रमुख सृष्टी रेग्मीको भनाई छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार