फूलमालाको सट्टा गोली हानेर विदा गराइयो म्यादी “विवेक”लार्इ

  मूलधार सम्वादाता  950 पटक हेरिएको

बाजुरा-  म्यादी प्रहरीर प्रहरी विच झडप हुदा कालीकोटमा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । प्रहरीले चलाएको गोली लागेर म्यादी प्रहरीको मृत्यु भएको हो ।

गोली लागेर ३जना म्यादी घाइते भएका छन । मृत्यु हुनेमा कालिकोटको राष्कोट नगरपालिका वडा नं २ निवासि विवेक एैडि रहेका छन् । घाइते हुनेको नाम खुलेको छैन । मृतक एैडिको टाउकोमा गोली लागेको थियो ।

५५ दिनसम्म संगै बसेर एकै स्थानमा डिउटी गएर माया प्रेम बढाएका जनपद प्रहरी र म्यादी प्रहरी विच एकाएक तनाव श्रर्जना भयो । घटटा हो कालिकोट मान्माको । देशभर शुक्रबार ५५ दिन म्यादी प्रहरीको समय ५५ दिन पुगेकोले फूलमाला का साथ भव्यताका साथ विदा गरियो । तर कालिकोटमा भने उल्टै गोली हानेर हत्या गरियो । 

म्यादी प्रहरीले ५५ दिन सुरक्षामा खटिएवापत प्रहरी जवान सरहको तलबभत्ता, दुर्गम क्षेत्रमा काम गर्नेलाई स्थानीय भत्ता, पोशाक वापत ४ हजार, यातायात खर्च १ हजार र चुनावको समयमा ७ दिनको ५ सय रुपैयाँका दरले एकमुष्ट ५८ हजार मात्रै पाउने भनेपछि म्यादी प्रहरीले ६४ हजार पाउनु पर्ने भनि नारा जुलुस गरेका थिए ।

म्यादीले पाउनुपर्ने सेवा तथा सुविधा कम पाएको भन्दै नारा जुलुस गर्दै प्रहरीले लाठि चार्ज गरेको र म्यादिहरुले ढुङगा मुडा गरेपछि गोली चलाउन बाध्य भएको प्रहरीले जनाएको छ । अहिले मान्म वजार वन्द रहेको छ ।

प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भर्ती गरिएका देशभर जस्तै कालिकोटका ९ सय ७३ जना म्यादी प्रहरीको आजदेखि विदाई गर्ने भन्दै तालिम फिल्डवाट विदाई गरे वितिकै नारा जुलसको साथ जिल्ला प्रहरि कार्यलयमा पुगेका थिए ।

प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भर्ती गरिएका देशभरका म्यादी प्रहरीको आजदेखि जिम्मेवारी सकिएको छ । विभिन्न जिल्लाको जिल्ला प्रहरी कार्यालयमा उनीहरुलाई म्यादी प्रहरीमा खटिएको प्रमाण–पत्र दिएर विदाइ गरिएको छ ।

प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ९८ हजार २ सय ३८ म्यादी प्रहरी खटिएका थिए । ५५ दिनको कार्यअवधि सकिएपछि प्रमाण–पत्र दिएर औपचारिक रुपमा विदाइ गरिएको प्रहरी प्रवक्ता मनोज न्यौपानेले जानकारी दिनुभयो । यसैगरी बाजुरामा पनि ६ सय ४७ जना म्यादी प्रहरीलाई आज विदाई गरिएको प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीले बताउनु भएको छ ।

म्यादी प्रहरीले ५५ दिन सुरक्षामा खटिएवापत प्रहरी जवान सरहको तलबभत्ता, दुर्गम क्षेत्रमा काम गर्नेलाई स्थानीय भत्ता, पोशाक वापत ४ हजार, यातायात खर्च १ हजार र चुनावको समयमा ७ दिनको ५ सय रुपैयाँका दरले दैनिक भत्ता पाएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार