उपाअध्यक्ष बामदेवले तयार पारे आफुलाइ हराउने नेताको नाम लिष्ट, को को हुन नाम सहित

  मूलधार सम्वादाता  866 पटक हेरिएको

काठमाडाैं-  नेकपा  एमालेका वरिष्ट उपाध्यक्ष वामदेव गौतमकै निजी निवासमा बसेको बैठकमा उपाध्यक्ष बामदेव गौतमको पराजयको कारणसमेत खोजिएको थियो । बर्दिया जिल्ला १ मा वामदेव गाैतमको पराजय अनपेक्षित रहेको नेताहरुले बताएका थिए ।

स्रोतका अनुसार बैठकमा गौतमले आफू हार्नुका पछाडि धेरै कारण रहेको भन्दै पार्टीभित्रकै अन्तर्घात, माओवादी कार्यकर्ता बिक्री हुनु र केही आफ्नै कमजोरी पनि सहायक रहेको बताएका थिए ।

गौतमले आफूलाई हराउन लाग्ने केही नेताहरुको नामै लिएर बैठकमा जानकारी गराएको स्रोतले बतायो ।

गौतमले आफूलाई हराउन सोही क्षेत्रबाट उपचुनाव जितेका पूर्वसांसद श्याम ढकाल, आफूविरुद्ध बागी उम्मेदवार उठेर पछि फिर्ता लिएका खड्ग खड्का र दामोदर अर्याल लगायत ८ जनाको नाम लिएको एक नेताले बताए ।

गौतमले माओवादीका जिल्लास्तरीय नेतादेखि गाउँसम्मका कार्यकर्ताहरु कांग्रेसको पैसामा बिकेको सुनाएका थिए ।

बिगतमा बर्दिया १ छाडेर प्युठान रोज्नु र पछि प्युठान छाडेर बर्दिया फर्किनु पनि कमजोरी रहेको बैठकमा कुरा उठेको थियो । गौतमले चुनावमा उम्मेदवारी दर्तादेखि नै आफूविरुद्ध षडयन्त्र भइरहेको थाहा पाउँदा पनि अन्तर्घात रोक्न नसकेको बैठकमा बताए ।

एमालेले वामदेव गौतमको पराजयको कारण छानविन गर्न दुईवटा समिति बनाइसकेको छ । ५ नम्बर प्रदेश संयोजक विष्णु पौडेलले बैजनाथ चौधरीको संयोजकत्वमा प्रदेशस्तरीय कमिटी गठन गरेका छन् भने जिल्लामा जिल्ला अध्यक्ष हरि ज्ञवालीको संयोजकत्वमा अर्को कमिटी बनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार