१४ जना जुवाडे प्रकाउ

  मूलधारपोष्ट  313 पटक हेरिएको

बाजुरा । जिल्लाको बुढीनन्दा नगरपालिका वडा नं‌ ८ पाण्डुसेनस्थित उव्जन रावतको पसलमा जुवा खेलीरहेका १४ जना जुवाडेलाई कोल्टी प्रहरीले नगद सहित पक्राउ गरेको छ ।

शुक्रबार राति ईलाका प्रहरी कार्यालय बुढीनन्दा बाजुराबाट खटिएको प्रहरी टोलीले बुढीनन्दा नगरपालिका वडा नं. ८ पाण्डुसैन स्थित उब्जन रावतको पसलमा जुवातास खेलिरहेका बेला जुवातासको खालबाट ७६ हजार ४ सय तीस नगदसहित जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

पक्राउ पर्नेमा बुढिनन्दा नगरपालिका वडा नं‌ ८ का उब्जन रावत, मंगल रावत पदम रावत, प्रेम कठायत, कृष्ण जेठारा, राम लाल रावत, लाल ब.कठायत रहेका छन् । त्यस्तै जुवाको खालबाटै प्रकाउ पर्नेमा बुढीनन्दा ८ कै कर्ण लुहार, दिपक कठायत, पदम बुढा, शिबलाल खठायत, नरेन्द्र कठायत र बुढीनन्दा नगरपालिका ७ का मदन जेठारा र दिनेश कार्की रहेका छन् । नगदसहित पक्राउ परेका जुवाडेहरुलाई जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । तिहारलाइ लक्ष्छित गरेर प्रहरीले जिल्लाभर सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार