प्रगतिशील लेखक संघ अछामकाे अध्यक्षमा पाण्डे चयन

  मूलधारपाेष्ट  162 पटक हेरिएको

अछाम । बामपन्थी विचारधाराका लेखकहरुकाे संगठन प्रगतिशील लेखक संघ जिल्ला कमिटी अछामकाे अध्यक्षमा ताराप्रसाद पाण्डे चयन हुनुभएको छ । शुक्रबार राति सम्पन्न संघकाे प्रथम अधिवेशनकाे बन्द सत्रबाट पाण्डेको अभ्यक्षतामा १९ सदस्यीय कमिटी चयन भएको हाे । कमिटीको उपाध्यक्षमा भुपेन्द्र भण्डारी, सचिवमा पुषपराज सञ्ज्याल, सहसचिवमा महेश रिमाल र पार्वती बिष्ट तथा काेषाध्यक्षमा उपेन्द्र भावुक सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ ।

२ बर्षे कार्यकालका लागि गठित कमिटीको सदस्यहरुमा दुर्गामाया मन्दिर, कलम चलाउने, जनक रावत अनुराग, महेन्द्र महासागर, भानु ढकाल, रत्ना साउँद, कमला तामाङ, महेश क्षितिज, राम साउँद, पुजा बुढा, धनराज जैसी र पुजा रावल रहेका छन् । नव निर्वाचित कमिटीलाई संघका पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य नरेश न्याैपाने, अछाम साहित्य प्रतिष्ठानका सचिव तथा पत्रकार टेकराज भण्डारी, अछाम गजल मञ्चका संस्थापक अध्यक्ष माेहन दिनदुःखी थापा, पूर्व अध्यक्ष हिमाल उदासी लगायतले सुझाव सहित बधाई ज्ञापन गर्नुभएकाे थियाे ।

संघको प्रथम अधिवेशनकाे पूर्व उपप्रधानमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य भीम रावलले उद्घाटन गर्नुभएको थियाे । अछामी संस्कृति बिशेष कार्यक्रममा अछामी डेउडा गीत सम्बन्धि कार्यपत्र प्रस्तुत, टिप्पणी, बेला राेकाया र राम साउँदबीच छाउपडी कुपप्रथा बिरुद्ध चेतनामुलक ढेउढा गित, रामाराेशनबाट भुवाे, साँफेबगरबाट हुड्के, अछामी गजल प्रस्तुति लगायतका विविध कार्यक्रम प्रस्तुत गरिएका थिए । कार्यक्रममा बाेल्ने सम्पूर्ण वक्ताहरुले अछामी भाषामै मन्तब्य राखेका थिए भने भाषा र संस्कृति संरक्षणका लागि कार्यक्रम भएको भन्दै प्रशंसा समेत गरेका पत्रकार टेकराज भण्डारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार