मह”रामाथी फरक–फरक दुई अभि*योगमा मु*द्दा चल्ने राय

  मूलधारपाेष्ट  185 पटक हेरिएको

काठमाडाैं । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जब,र्जस्ती कर,णी(बला,त्कार) र एउटै कार्यालयकी कर्मचारीसँग कर,णी प्रयास गरेको फरक–फरक दुई अभियोगमा मु,द्दा चलाउन प्रहरीले राय दिएको छ ।

महानरीय प्रहरी परिसरले अनुसन्धान पूरा गरी शुक्रबार सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको हो । सरकारी वकिलको कार्यालय, काठमाडौँका प्रमुख चन्द्रकान्त खनालले शुक्रबार अबेर प्रतिवेदन प्राप्त भएको जानकारी दिए ।

उनले तिहार बिदाका कारण आइतबारदेखि अदालत बन्द हुने भएकाले आगामी बिहीबार प्रतिवेदन अध्ययन गरेर निर्णय लिने बताए । ‘अध्ययन गर्न समय लाग्ने भएकाले तिहार बिदापछि कार्यालय खुल्ने दिन फाइलबारे निर्णय हुन्छ,’ उनले भने । यो समाचार आजको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवाली र मातृका दाहालले लेखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार