यी हुन् भारतबाट फर्केर आरजु हराउने टीमका कमाण्डर,

  मूलधार सम्वादाता  428 पटक हेरिएको

कैलाली – हालका नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी धर्म पत्नी आरजु राणा कैलाली जिल्लाको निर्वाचन क्षेत्र नम्बर ५ बाट भारीमतका साथ पराजित भइन् ।

स्थानीय पार्टीका केही नेता–कार्यकर्ताको असहमतिबीच मा नै अारजु राणा चुनावी मैदानमा उत्रिएरै छाडिन् । श्रीमान पार्टी सभापति तथा संसदीय दलको नेता भएका कारण अरुलाई जस्तो टिकट लिन कुनै गारो हुने कुरा नै भएन । विरोधका स्वरको बेवास्ता गर्दै राणाको उम्मेदवारी घोषणा भयो । पार्टीका स्थानीय नेताले विरोध समेत गरे ।

चुनावमा प्रचारमा खट्नु पर्ने नेताहरु नै आरजुलाई पर्यटक उम्मेदवार भन्दै उपरखुट्टी हालेर बसे । चुनावमा लगातार पर्यटकको आरोप लाग्न थालेपछि आरजुले धनगढीमा घर नै किनिन् । चुनावी माहौल राम्रो बन्दै गएको थियो । आफ्नै नेताहरुले चुनावको तीन पहिले त्यो महौललाई भताभुंग पारे ।

चुनावमा नेकपा एमाले र माओवादी केन्द्रले गठबन्धन बनाएका कारण नेपाली काँग्रेसलाई त्यसैपनि सजिलो थिएन । त्यसमा पनि आफ्नै नेता–कार्यकर्ता पर्यटक भन्न थालेपछि आरजुलाई निकै गारो भयो ।

आरजुले टिकट पाएसँगै नेपाली काँग्रेसका स्थानीय नेता तथा निवर्तमान सांसद पुष्करनाथ ओझाले विरोध गर्दै आएका थिए । चुनाव प्रचारमा खट्नु छोडेर ओझ भारत गएर बसे । आरजुले जित्ने सम्भावना बढ्दै गएपछि ओझा भारत फर्केर हराउने समूहको नेतृत्व गरे । ओझाले धनगढीको विद्या होटलमा डेरा जमाए । आरजु विरोधी गतिविधि ओझाले त्यहीबाट गरे । आरजुको विरोधी काँग्रेस नेता–कार्यकर्ताको विद्या होटल सम्पर्क स्थल बन्यो । त्यहीबाट चुनाव हराउने योजना बनाइए । एमाले उम्मेदवारदेखि नेतासम्म त्यही होटलमै भेटेर योजना बनाइएको रहस्य खुलेको छ ।

काँग्रेसका एक स्थानीय नेताका अनुसार सोँचे जसरी आरजुका महौल बिगार्न नसकेपछि ओझाले एउटा उपाय निकाले । धनगगढीमा डोटेली बहुल्यता छ । तिनै डोटेलीलाई भड्काउने योजना बनाइयो । ‘डोटेलीको भोट चाहिदैन’ भनेर आरजुले भनेको भन्दै सबै डोटेलीको घरघरमा सन्देश पुर्याइयो । त्यो सुन्ने वितिकै रातारात डोटेली काँग्रेसीहरु देखाइ भनेर निस्किए ।

स्थानीय चुनावले धनगढी उपमहानगरपालिकामा काँग्रेसले जितेको थियो । अहिले एमाले र माके मिलेका कारण काँग्रेसलाई चुनौति थियो नै तर हारको मुख्य कारण आन्तरिक नै भएको खुलासा भएको छ । त्यसपनि जिम्मेवार नेता नै हराउने अभियानको नेतृत्व गरेपछि आरजुले हारिन् । राजनीतिक भाषामा अन्तरघात हारको मुख्य कारण हो । अान्तरिक अन्तरघातकै कारण एमालेका नरदमुनि रानाले विजयी भए ।

श्रोत अनलाइन डबली

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार