कास्की क्षेत्र नम्बर २ मा विद्याको नाम सिफारीस

  मूलधारपाेष्ट  164 पटक हेरिएको

कास्की । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी कास्कीले क्षेत्र नम्बर २ मा हुने उप-चुनावका लागि विद्या भट्टराईको नाम सिफारिस गरेको छ । नेकपा जिल्ला कमिटीले कास्की २ मा हुने उपचुनावका स्वर्गीय रवीन्द्र अधिकारीकी पत्नीसमेत रहेकी भट्टराईको नाम सिफारिस गरेको हो । शुक्रबार बसेको जिल्ला कमिटी बैठकले उनको मात्र नाम सिफारिस गर्न सहमति गरेको हो । भट्टराई लामो समय विद्यार्थी राजनीति गरेर प्राज्ञिक क्षेत्रमा लागेकी हुन् । १५ फागुनमा भएको हेलिकोप्टर दुर्घटनामा अधिकारीको निधन भएपछि प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा उपचुनाव हुँदै छ ।

यो पनि पढ्नुहोस् -नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश ईञ्चार्ज भीमबहादुर रावलले राजनीतिलाई अपराधिकरणबाट बचाउनुपर्ने बताउनुभएको छ । प्रेस संगठन अछामले सदरमुकाम मंगलसैनमा गरेको पत्रकार सम्मेलनमा बोल्दै रावलले लोकतान्त्रिक पद्धतिलाई थप व्यवस्थित बनाउन विधिको शासन अनिवार्य रहेको बताउनुभएको हो ।

प्रेस संगठन अछामका टेकराज भण्डारीको अध्यक्षतामा भएको सम्मेलनमा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका नेता रावलले पछिल्लो समय उच्च पदस्त व्यक्तिहरु धमाधम पक्राउ परिरहेको कुरालाई लक्षित गर्दै वर्तमान सरकारले अपराधिक घट्ना न्यूनिकरणमा प्रभावकारी र कडाईका साथ कदम चालिरहेको बताउनुभयो । स्थिर सरकारका कारण देशमा कानूनी शासनको प्रत्याभूति भैरहेको रावलको भनाई छ । उहाँले अनियमितता, ढिलासुस्ती गर्ने जो कसैलाई कारबाही हुनुपर्ने भन्दै अछाम दरबार, मध्येपडाडी लोकमार्ग, चित्रे तथा बिराबगर पुल निर्माणमा ढिलाई गर्ने निर्माण व्यवसायीलाई कडा कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।

रौतहटको घट्ना नेपालको कानून र अन्तराष्ट्रिय कानून बिपरितको जघन्य अपराध भएकाले यसमा संलग्नलाई छुट दिन नहुने रावलको तर्क छ ।फरक प्रसंगमा बोल्दै नेता रावलले पार्टी र सरकारको कामको जिम्मेवारी फरक–फरक ब्याक्तिले गर्नुपर्ने समेत बताउनुभयो । ‘पार्टीको स्थायी कमिटीमा पनि यो कुरा सुरुदेखीनै उठेको हो’, नेता रावलले भन्नुभयो ‘पार्टी सञ्चालन र सरकार सञ्चालनको कार्य २ जना अध्यक्षले छुट्टाछुट्टै गर्दा अझ बढी प्रभावकारी हुन्छ ।’नेता रावलले पार्टी एकीकरणको काम अन्तिम चरणमा पुगेको भन्दै सुदूरपश्चिम प्रदेशमा पनि एकीकरण कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो । जनप्रतिनिधिलाई प्रशिक्षण गर्ने, आचार संहिता बनाई कार्यान्वयन गर्ने लगायतका काम अन्य प्रदेशमा नभए पनि सुदूरपश्चिम प्रदेशमा भएको बताउनुभयो ।

उहाँले अपर कर्णाली जलविद्युत आयोजना डिपीआर भएको पाँच बर्षसम्म पनि आयोजनाको प्रवर्द्धक जिएमआरले वित्तीय व्यवस्थापन नगरेकाले अब उक्त परियोजन नेपाल आफैले बनाउनु पर्नेमा जोड दिनुभयो । यो कुरा हालै सम्पन्न पार्टीको सुदूरपश्चिम प्रदेश कमिटिको बैठकले निर्णय गरेको भन्दै एउटा कम्पनीसंग पटक पटक राज्यले झुकेर सम्झौता गर्न नहुनेमा जोड दिनुभयो ।

नेता रावलले सुदुरपश्चिम प्रदेश कमिटिले पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण गर्ने तथा आचारसंहिता निर्माण गरी अगाडी बढ्न निर्देशन दिएको उल्लेख गर्दै यस क्षेत्रमा पार्टी एकीकरणको काम तीब्र रुपमा अघि बढेको औल्याउनु भयो । पत्रकार सम्मेलनमा नेकपा अछामका अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य शेर बहादुर कुँवर, प्रतिनिधि सभा सदस्य यज्ञ बोगटी, साँफेबगर नगरपालिका प्रमुख कुलबहादुर कुँवर, पार्टी सचिव झपट साँउद लगायत नेता तथा संचारकर्मीको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन प्रेस संगठनका होम साउँदले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार