आ*क्रामक योजना बनाउँदै बिप्लव

  मूलधार पोष्ट  211 पटक हेरिएको

विप्लव समूहले नयाँ नेतृत्व गठन गरेसँगै जिल्लामा गतिविधि बढाएको छ । संगठन निर्माणसँगै राज्य सत्तालाई असफल बनाउन छुट्टै जनसत्ता स्थापना गरेको छ ।

जनसत्तासँगै सेनाको तालिम र प्रशिक्षणका लागि युवाहरूलाई आह्वान गरेको छ । सदस्यता वृद्धिलाई तीव्र बनाएको छ । चन्दा संकलन, भण्डाफोर अभियान, जनसंगठन परिचालनलगायतका कार्यमा क्रियाशील भएको काभ्रे जिल्ला सदस्य रमेश नेपालीले जानकारी दिए ।

राज्य सत्ताका सबै काम असफल बनाउन गतिविधि सञ्चालन गरिरहेको उनले बताए । आफ्ना ठूला नेताहरु नै धमाधम पक्राउ परेपछि विप्लव समूह थप विच्किएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार