पूर्ब आइजीपी सिंहको नि*धन

  मूलधारपोष्ट  297 पटक हेरिएको

काठमाडाैं । नेपाल प्रहरीका पूर्ब आइजीपी हेमवहादुर सिंहको निधन भएको छ। बिहिवार बेलुकी ९ बजे काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा ८३ बर्षीय पूर्व प्रहरी महानिरिक्षक (आईजीपी) सिंहको निधन भएको उनका भाई बलेन्द्र वहादुर सिंहले बताए।

उनका अनुसार फोक्सोको विरामीले सिंह अस्पताल भर्ना भएका थिए। बझाङ बुंगलका सिंह २०४३ सालदेखि २०४७ सम्म करीब चार वर्ष प्रहरी महानिरीक्षक रहेका थिए।

उनको काठमाडौ महागरपालिका वडा नम्वर ४ महाराजगञ्जमा घर छ। आज साढे ८ बजे पशुपती आर्यघाटका लागि उनको निवासबाटै शवयात्रा सुरु हुने उनका भाई बलेन्द्रले जानकारी दिए। सिंह सुदूरपश्चिमबाट पहिलो पटक आईजीपी बनेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार