अबैध बाटोबाट कुवेत छिरेका ३ नेपाली युवती पक्राउ

  मूलधारपोष्ट  495 पटक हेरिएको

अ’वैधरुपमा भारतको बाटो हुँदै कुवेत पुगेका तीनजना नेपाली महिला पक्राउ परेका छन्। रोजगारीका लागि अ’वैधरुपमा कुवेत पुगेका तीन नेपाली महिलालाई इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलका प्रहरीले प’क्राउ गरेका जनाइएको छ। कुवेतको विमानस्थलमा प’क्राउ परेका तीन महिलालाई दिल्ली फर्काइएको छ। प्रहरीले प’क्राउ परेका नेपाली महिलाहरुको नाम लक्ष्मी, शोभा र रुपा रहेको बताएको छ। तर उनीहरुको नेपालस्थित ठेगाना खुलाएको छैन।

प’क्राउ परेपछि अ नुसन्धान गर्दा तीनैजना महिला झु’टो कागजात बनाएर नेपालबाट दिल्ली एयरपोर्ट पुगेका थिए। त्यहाँबाट सीधै कुवेत जाने जहाजमा चढेका उनीहरुलाई दिल्ली प्रहरीले प’क्राउ गरी फर्काएको भारतीय अनलाइन अमर उजालाले जनाएको छ। उनीहरु दिल्ली विमानस्थलमा नेपाल वायु सेवा निगमको जहाजबाट ओर्लिएर बहराइन जाने जहाजमा चढेका थिए। बहराइन हुँदै कुवेत पुगेपछि मात्रै उनीहरु अ’वैध रुपमा गएको खुलासा भएको थियो।

अ’वैधरुपमा कुवेत पुगेको थाहा भएपछि दिल्ली प्रहरीले उनीहरुलाई प’क्राउ गरी फिर्ता गराएको हो। अ’नुसन्धानमा संलग्न प्रहरीले ती महिलालाई अ’वैधरुपमा कुवेत पठाउने काममा नेपाल एयरलाइन्सका कर्मचारी पनि संलग्‍न भएको हुनसक्ने आ’शंका गरेको छ। प्रहरी अधिकारीहरुले महिलाहरुसँग सोधपुछ गरिरहेका छन् ।

काठमाडौंबाट सीधै खाडी जान खोजेका उनीहरु बाटो फेर्दै दिल्ली पुगेका थिए। काठमाडौं अध्यागमनलाई छल्न नसकेपछि उनीहरु दिल्लीको बाटो हुँदै कुवेत लागेका थिए।नेपाली नागरिकलाई दिल्ली जान राहदानीसहितका कागजात अनिवार्य छैन। उनीहरुले आफ्नो राहदानीमा नेपाली अध्यागमनको फर्जी छाप लगाएका थिए। नेपालबाट जाने क्रममा उनीहरुले राहदानीको साटो मतदाता पत्र देखाएका प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार