राष्ट्रपति विरुद्ध आन्दोलन गर्ने यस्तो छ काँग्रेसको तयारी

  मूलधार सम्वादाता  402 पटक हेरिएको

काठमाडाैं-  नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले शुक्रबार एक विज्ञप्ति जारि गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आन्दोलन गर्ने तयारि भएको जानकारी दिएको छ ।

राष्ट्रिय सभा निर्वाचनसम्बन्धी विधेयक स्वीकृत नगरेको भन्दै नेविसंघले राष्ट्रपतिविरुद्ध आन्दोलन घोषणा गरेको हो । नेविसंघ केन्द्रीय सदस्य जयराम दाहालले पुस ९ गते आइतबार राजधानीको प्रदर्शनीमार्गमा राष्ट्रपतिको असंवैधानिक अडानविरुद्ध प्रदर्शन गर्न लागिएको जानकारी दिए ।

काँग्रेसले पूर्वपार्टी एमाले र माओवादी केन्द्रको दबाबमा राष्ट्रपतिले सरकारले पेस गरेको अध्यादेश रोक्नु असंवैधानिक भएको आरोप लगाउँदै आएको छ । राष्ट्रिय सभा गठन अध्यादेश स्वीकृत नभएसम्म सरकार नछाड्ने अडान काँग्रेसको छ ।

अब यसरि नेपाली कांग्रेसले राष्ट्रपति विरुद्ध आन्दोलन सुरु गरेपछि देशको राजनीति कता जाला ? यी कुरामा सहमति जुटाएर सबै दलहरुले कार्य गरेर देशलाई अनिर्णयको घेराबाट मुक्ति दिनुपर्ने हैन र ?

श्रोत कान्तिपुर प्लस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार