बैतडीमा डोजर आ*तंक, सडक खन्नेक्रममा ए*कको मृ*त्यु

  पत्रपत्रिका खबर  346 पटक हेरिएको

बैतडी । विहिबार बिहानै बैतडीमा सडक खन्न गएको डोजरले च्यापेर एक जनाको ज्यान गएको छ । बैतडीको मेलौली नगरपालिका वडा नम्बर ५ मा सडक खन्न गएको स्काभेटर मुनी च्यापिर स्थानीय शुक्रसिंह पुजाराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार मेलौली नगरपालिका वडा नम्बर ६ लामालेकदेखि वडा नम्बर ५ पेल्यासम्मको सडक खन्न गएको (एस के २२० केडिएन) नम्बरको स्काभेटर फर्किने क्रममा सो स्काभेटरमा चढेका शुक्रसिंह पुजारा खसेर च्यापिएको बताईको छ ।

स्काभेटर चालक दशरथ चन्द नगरपालिका वडा नम्म्बर २ देहिमाण्डौं बस्ने शेरीराम बोहराले चलाएको प्रहरीले जानकारी दिएको छ । स्काभेटर चालकको खोजी गर्न ईलाका प्रहरी कार्यालय मेलौलीबाट सात जना प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । चार दिन अघि सोमबार बैतडीको दशरथ चन्द नगरपालिकामा वडा नम्बर ९ ग्वाल्लेकमा सडक खन्न गएको डोजरले स्थानीय गौरा जोशीलाई हुत्याएर घाईते बनाएको घटना सेलाउन नपाउँदै बिहिबार मेलौलीमा पनि सडक खन्न गएको स्काभेटरले स्थानी शुक्रसिंह पुजारोको ज्यान गएपछि बैतडीमा डोजर आतङ्क मच्चिएको स्थानीले बताएका छन् ।

बैतडीमा डोजर र स्काभेटरले अहिलेसम्म पाँच जनाको ज्यान लिईसकेको छ । नेपाल सरकारले एक करोड भन्दा मुनीका ग्रामीण सडक योजना निर्माण गर्दा डोजर र स्काभेटर चलाउन नपाउने परिपत्र गरे पनि डोजरले सरकारी निर्देशन अटेर गर्दै आईरहेका छन् । सडक खन्न गएको स्भाटेटरले स्थानीयलाई किचेर मेत्यु भएको विषयमा मेलौली नगरपालिका वडा नम्बर ५ का अध्यक्ष बलभन्द्र दयालले आफ्नो वडामा दुःखद् घटना भएको बताउनुभएको छ । एक करोड भन्द मुनीको बजेट भएको सडमा डोजर चलाउन नपाउने सरकारी निर्देशन किन पालन हुँदैन ? भन्ने विषयमा अध्यक्ष दयालले छिटो विकास गर्न नगरपालिकाले मेशिन प्रयोग गर्नु पर्ने बाध्यता हरेको बताउनुभयो ।

बैतडीमा स्थानीय नेता, कार्यकर्ता र जनप्रतिनिधिकै डोजर सडक निर्माणमा संलग्न भएकोले प्रशासनले डोजर नियन्त्रण गर्न सकेको छैन । यस्तै ग्याँस बोकेको ट्रक दुर्घटना हुँदा चालकको घटना स्थलमै मृत्यु भएको छ । ग्यास बोकेर धनगढीबाट दार्चुला जाँदै गरेको ट्रक बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर २, सिन्के लेकमा दुर्घटना हुँदा चालक गोपालसिंह धामीको घटना स्थलमै मृत्यु भएको छ । ट्रक बिहिबार विहार ४ः३० बजे दुर्घटनामा परेको हो भने स्काभेटरले विहान ७ः ३० बजे स्थानीयलाई किचेको प्रहरीले जानकारी दिएको खबर गोरखापत्र अनलाइनबाट साभार गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार