चर्चित र्‍यापर भिटेन प*क्राउ, यस्तो छ कारण

  मूलधारपाेष्ट  377 पटक हेरिएको

चर्चित र्‍यापर भिटेन पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई जाउलाखेलबाट पक्राउ गरेको हो । उनको पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’ निकै चर्चित भएको थियो । त्यही गीतमा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । उनीमाथि कानूनी कारबाही प्रक्रिया अगाडि बढाइने उनले बताए ।

को हुन् भिटेन ? उनको वास्तविक नाम समीर घिसिङ हुन् । ‘गरिबी … गीनबाट र्‍याप यात्रा थालेका उनी ‘सिमसिमे पानी …’ गीतबाट युट्युब ट्रेन्डिङमा छाएका थिए । दर्जन बढी गीत गाइसकेका उनी पछिल्लो समय देशविदेशमा कन्सर्टहरुमा समेत व्यस्त छन् । र्यापर भिटेनले थरी थरी चुरोट खान्छु थरी थरी रक्सी । थरी थरी खैरे बेच्ची अन्तराष्ट्रिय हप्सी भनेका छन । त्यस्तै उनले भारतको चर्चित अभिनेता सारुखानलाइ करोडाै‌को लोन दिएको बताएको छ । पुलीस चाैकी भित्र गर्छु रक्सी खाँदै मस्ती भनेर गितमा भनिएको छ ।

नेपालमा पछिल्लो समय कलाकारितामा शब्द छाडा बन्दै गएका छन् । केहि दिन अघीमात्रै चर्चित मोडल तथा गाएक दुर्गेश थापाले पनि आफ्नो युटुवमा नेपालीहरुको महान पर्व तिहारको देउसी गित गाउँदै त्यसमा शब्दहरु मदिरास‌ग सम्ब्धित रहेका थिए भने उनलाइ पनि प्रहरीले प्रकाउ गरि सहमती पछि उनी रिहाइ भएका छन् । हेराै‌ भिटेनको यो गित सहित ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार