बाजुरामा पनी स्क्रब टाइफसका बिरामी भेटिए

  मूलधारपाेष्ट  473 पटक हेरिएको

बाजुरामा स्क्रब टाइफसका बिरामी फेला परेका छ। अत्याधिक मात्रामा जिल्ला अस्पताल बाजुरामा बिरामी बढ्न थालेपछि डाक्टरहरुले बिशेष ध्यानमा राखेर उपचार गर्न थालेपछि बाजुरा जिल्ला अस्पतालमा एक महिलामा स्क्रब टाइफका बिरामी भेटिएका छन् । जिल्लाको वडिमालिका नगरपालिका वडा नं १ पिनालेखकी ५१ वर्षिय महिला किट्टी कार्की स्क्रब टाइफसले संक्रमित भएको जिल्ला अस्पताल बाजुराका एमडीजीपी डाक्टर दुर्गा महर्जनले बताए ।

उनी एक्कासी अत्याधिक मात्रामा ज्वरो आउने, टाउको दुख्ने समस्याले गर्दा असोज २४ गते जिल्ला अस्पताल बाजुरामा उपचारका लागि आएकी थिइन् पछि उनलाई चेकजाच गर्दा स्क्रब टाइफस नामक रोगबाट संक्रमण भएको पत्ता लागेको मर्हजनको भनाई छ । अस्पतालका अनुसार जिल्ला अस्पताल बाजुरामा कार्की एक हप्तासम्म भर्ना भएकी थिइन् । उनलाई एक हप्ताको उपचार पछि रिफर गरिएको असपताल स्रोतले जनाएको छ ।

अहिले उनको अवस्था सामान्य रहेको औषधी सेवन गरिरहेको आफन्तले बताएका छन् । यो रोग मुसामा देखिने किर्ना जस्तो किराबाट मानिसमा सर्ने यो रोग मानिसबाट मानिसमा भने सर्दैन । सबैलाई सामान्य जस्तो लाग्ने स साना कुराहरुबाटै पनि दैनिक जीवनमा समस्या निष्कन सक्दछ । धेरै सरुवा रोगहरु मध्येको एक हो स्क्रब टाइफस । यो रोग मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा माइटको टोकाइबाट मानिसमा सर्दछ । यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट लाग्दछ । माइट प्रायजसो झाडी, खेतबारी, वनजगंल, घर वरपरको झाडी तथा घुरान हुने ठाँउमा देखिने गर्दछ ।

स्क्रब टाइफस भएका मानिसहरुमा धेरै जरो आउने १०४ डिग्री भन्दा बढि र काम जरो समेत आउन सक्दछ । धेरै टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडापखला लाग्ने , विस्तारै शरिरका मुख्य अंगहरुले काम गर्न छोड्ने,समयै उपचार नभएका कडा खालको स्वासप्रस्वास समस्या जस्तै दम बढ्नु सास फेर्न गाह्रो भई विरामी सिकिस्त समेत हुने जिल्ला अस्पताल बाजुराका निमित्त कार्यलय प्रमुख राजुराज जैशीले बताए । उनले भने किराले टोकेको ठाँउमा रातो डावर जस्तो देखिन सक्छ । टोकेको ठाँउमा पछि गएर कालो दाग बस्ने गर्दछ । त्यसैबाट शशिरभरी किटाण्ुहरु सर्ने गर्दछन् ।

खेतीवारीमा काम गर्दा, वनजगंल झाडीमा जादा तथा घास काट्न जादाँपुरा शरिर ढाकीने कपडा लगाउने संभव भए बुट लगाउने, घासबारी वा चौर मा बस्दा गुद्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुईमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, सकेसम्म घासवारी र चौरमा नबस्ने, चउर, बारी, घाँस तथा घुरान बढ्न नदिने, मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने तथा मुसाको बृद्धि विकास नहुने वातावरणको सिर्जना गर्न सकिने जैशीको भनाई रहेको छ । अहिले संक्रमित महिलालाई उपचार पछि अस्पतालबाट डिस्चार्ज भइसकेकी छन् । अस्पतालका अनुसार जिल्लाका अन्य व्यक्तीलाई भने यो रोग भेटिएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार